• माघ ३, २०८१
  • No Comment
  • 169

नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार, पेट्रोलमा प्रति लिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँको वृद्धि भएको छ।

नयाँ मूल्य अनुसार, पहिलो वर्गको पेट्रोलको मूल्य १६० रुपैयाँ ५० पैसा बाट १६२ रुपैयाँ ५० पैसा पुगेको छ। दोस्रो वर्ग अन्तर्गत १६२ रुपैयाँ पर्ने पेट्रोलको मूल्य अब १६४ रुपैयाँ हुनेछ भने तेस्रो वर्गको पेट्रोलको मूल्य १६३ रुपैयाँ बाट १६५ रुपैयाँ पुगेको छ।

यससँगै, डिजेल र मट्टितेलको मूल्य १५६ रुपैयाँ प्रति लिटर निर्धारण गरिएको छ। नेपाल आयल निगमले यस मूल्य वृद्धिलाई भारतीय आयल निगमको नयाँ मूल्यसूचीको आधारमा लागू गरेको जनाएको छ।

 

सम्बन्धित खबर

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असार…
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

कर्णाली । कर्णाली प्रदेशमा क्रिकेट खेलको विकास र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यसहित ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदैछ।…
सार्वजनिक बिदाका दिन पनि चौकुने गाउँपालिकाबाट निरन्तर सेवा प्रवाह

सार्वजनिक बिदाका दिन पनि चौकुने गाउँपालिकाबाट निरन्तर सेवा प्रवाह

सुर्खेत। असार मसान्तलाई लक्षित गर्दै सार्वजनिक बिदाका दिनमा पनि चौकुने गाउँपालिकाले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय सञ्चालन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *