• पुस २७, २०८१
  • No Comment
  • 133

राष्ट्रिय स्वतन्त्र पार्टी चौकुने गाउँपालिका कमिटीको पहिलो बैठक गुटुमा मा सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टी चौकुने गाउँपालिका कमिटीको पहिलो बैठक आज चौकुने ८ गुटुमा मा सम्पन्न भएको छ। बैठक राष्ट्रिय स्वतन्त्र पार्टी चौकुने गाउँपालिका सभापति बिष्णु प्रसाद उपाध्यायको अध्यक्षता र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश कमिटी सदस्य निर्मला सापकोटा को प्रमुख अतिथ्यमा सम्पन्न भएको हो।

बैठकमा बिभिन्न प्रस्ताव माथि छलफल गर्दै पार्टी सुदृढीकरण तथा बिस्तार अभियानमा निरन्तरता दिने,र पार्टीमा नयाँ सदस्यहरूको थप अभियान चलाउने सभापति बिष्णु प्रसाद उपाध्यायले जनकारी दिनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश कमिटी सदस्य निर्मला सापकोटाले राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि सारेका विकास र समृद्धिका योजनाअनुसार अगाडि बढ्न सकेमा मात्र देशका तमाम समस्या समाधान हुने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी छोटो समयमा नै जनताको अगाडि लोकप्रिय बन्दै गएको जनाउँदै प्रदेश कमिटी सदस्य सापकोटाले ८४ को निर्वाचनमा बहुमतका साथ देशकै पहिलो पार्टी बन्ने भएकोले जनताको घरदैलोमा पुगेर समस्यालाई सम्बोधन गर्न सम्पूर्ण सदस्यहरुलाई निर्देशनसमेत दिनुभएको छ ।

बैठकमा बोल्दै चौकुने गाउँपालिका सभापति बिष्णु प्रसाद उपाध्यायले पार्टीमा कुनै किसिमको डरलाग्दो भयावह अवस्था नरहेको तर एउटा बिरुवा फल खानको लागि लगाइएको हुन्छ वा मानिसलाई सितल दिन्छ भनेर लगाइएको र मानिसलाई अक्सिजन जस्तो महत्वपूर्ण चिज दिनका लागि लगाइएको हुन्छ , त्यसै गरि घर विभिन्न किसिमको असुरक्षा बाट जोगिनको लागि बनाइएको हुदा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफैले लगाएको बिरुवा आफैले काटेर दाउरा बनाउन नहुने र आफैले लगाएको घर भत्काएर आफै असुरक्षित नहुन पार्टीका सबै सदस्यहरूलाई आग्रह गर्नुभएको छ ।

कार्यक्रममा चौकुने गाउँपालिका रेबिड संयोजक सन्तोष बुढाक्षेत्री ,र युवा संयोजक भोजराज जैसी (रिमाल) लगायत सम्पूर्ण पालिका कमिटीका सदश्यहरुको उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

सुर्खेत, असोज ३१ — नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार गर्ने अभियान तीव्र पारेको छ।…
पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *