• पुस २७, २०८१
  • No Comment
  • 41

कंगनाको अभिव्यक्तिले किसानको अपमान भएको भन्दै अदालतले गर्याे नोटिस जारी

भाजपा सांसद तथा अभिनेत्री कंगना रनौत फेरि एकपटक विवादमा परेकी छिन् । अगस्ट २६, २०२४ मा केन्द्र सरकारको तीन कृषि कानुनको विरुद्ध किसान आन्दोलनको क्रममा कंगनाले किसानहरूमाथि केही आरोप लगाएकी थिइन्।
उनको अभिव्यक्तिले किसानको अपमान भएको भन्दै आगराका वकिल रामाशंकर शर्माले एमपी–एमएलए अदालतमा निवेदन दिएका थिए । अदालतले कंगनालाई नोटिस जारी गर्दै क्रमशः १७ सेप्टेम्बर, ३० अक्टोबर र १३ डिसेम्बर २०२४ मा बयान दिन आदेश दिएको थियो। तर, कंगना वा उनका वकिलले अहिलेसम्म अदालतमा कुनै जवाफ दिएका छैनन् ।

जनवरी ९, २०२५ मा सुनुवाइ गर्दा, अदालतले नयाँ आगरा पुलिस स्टेसनलाई साक्षीहरूको बयान रेकर्ड गर्न र २० दिन भित्र रिपोर्ट पेस गर्न निर्देशन दिएको थियो। प्रहरीले प्रतिवेदन जनवरी २९ गते अदालतमा पेस गर्नेछ । यो अवधिभित्र कंगनाको जवाफ नदिए अदालतले फेब्रुअरी ८ मा फैसला दिनेछ । उनको विरुद्ध जमानती र गैर–जमानती वारेन्ट पनि जारी हुन सक्ने बताइएको छ।

वकिल रामाशंकर शर्माले आफू किसानको छोरा भएको र कंगनाको बयान निकै अपमानजनक भएको बताउँछन् । उनले कंगनाले किसान आन्दोलनलाई बदनाम गर्ने प्रयास गरेको र अदालतबाट कारबाही हुने बताए ।
राहुल गान्धीले पनि यो मुद्दा संसदमा उठाउँदै यसलाई गम्भीर मुद्दा भनेका थिए । अहिले सबैको नजर अदालतको फैसलामा छ ।

कंगना पटक पटक विवादमा परिरहन्छिन ।

 

सम्बन्धित खबर

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

आज रातिदेखि आइतबारसम्म मौसम प्रभावित हुने

काठमाडौं – आज रातिदेखि आइतबार साँझसम्म देशका विभिन्न ठाउँमा मौसम प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हिमाली क्षेत्रका…
वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

वीरगन्जमा वडाध्यक्षमाथि कुटपिट, ७ जनाविरुद्ध जाहेरी

पर्साको वीरगन्ज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि हेलमेट र रड प्रहार भएको छ। कुटपिटमा संलग्न रहेको भन्दै उनले प्रहरीसहित ७ जनाविरुद्ध…
कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा डिजिटल प्रविधि सञ्चालनमा

कर्णालीको प्रवेशद्वार बबई नाकामा स्वचालित नम्बर प्लेट पहिचान प्रणालीमा…

सुर्खेत, चैत ८ – कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबई नाकामा सवारी साधनको स्वचालित नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधि जडान गरिएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *