• पुस २७, २०८१
  • No Comment
  • 156

कंगनाको अभिव्यक्तिले किसानको अपमान भएको भन्दै अदालतले गर्याे नोटिस जारी

भाजपा सांसद तथा अभिनेत्री कंगना रनौत फेरि एकपटक विवादमा परेकी छिन् । अगस्ट २६, २०२४ मा केन्द्र सरकारको तीन कृषि कानुनको विरुद्ध किसान आन्दोलनको क्रममा कंगनाले किसानहरूमाथि केही आरोप लगाएकी थिइन्।
उनको अभिव्यक्तिले किसानको अपमान भएको भन्दै आगराका वकिल रामाशंकर शर्माले एमपी–एमएलए अदालतमा निवेदन दिएका थिए । अदालतले कंगनालाई नोटिस जारी गर्दै क्रमशः १७ सेप्टेम्बर, ३० अक्टोबर र १३ डिसेम्बर २०२४ मा बयान दिन आदेश दिएको थियो। तर, कंगना वा उनका वकिलले अहिलेसम्म अदालतमा कुनै जवाफ दिएका छैनन् ।

जनवरी ९, २०२५ मा सुनुवाइ गर्दा, अदालतले नयाँ आगरा पुलिस स्टेसनलाई साक्षीहरूको बयान रेकर्ड गर्न र २० दिन भित्र रिपोर्ट पेस गर्न निर्देशन दिएको थियो। प्रहरीले प्रतिवेदन जनवरी २९ गते अदालतमा पेस गर्नेछ । यो अवधिभित्र कंगनाको जवाफ नदिए अदालतले फेब्रुअरी ८ मा फैसला दिनेछ । उनको विरुद्ध जमानती र गैर–जमानती वारेन्ट पनि जारी हुन सक्ने बताइएको छ।

वकिल रामाशंकर शर्माले आफू किसानको छोरा भएको र कंगनाको बयान निकै अपमानजनक भएको बताउँछन् । उनले कंगनाले किसान आन्दोलनलाई बदनाम गर्ने प्रयास गरेको र अदालतबाट कारबाही हुने बताए ।
राहुल गान्धीले पनि यो मुद्दा संसदमा उठाउँदै यसलाई गम्भीर मुद्दा भनेका थिए । अहिले सबैको नजर अदालतको फैसलामा छ ।

कंगना पटक पटक विवादमा परिरहन्छिन ।

 

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *