• पुस १९, २०८१
  • No Comment
  • 30

सुनचाँदी ब्यावसायी संघ सुर्खेतको अधिवेशन बिबादमा

सुनचाँदी व्यावसायी संघ सुर्खेतको १० औ साधारण सभा तथा छैटौ अधिवेशनमा बिबाद देखिएको छ । तत्कालिन अध्यक्ष ज्ञानेन्द्र बहादुर बिश्वकर्माले आफनो नजिकको मान्छे नातामा सम्धी पर्नेलाई अध्यक्ष बनाउनका लागि निती बिधी र प्रकृया मिचेर एकलौटी ढंगमा निर्वाचन समितिलाई नै प्रभावमा पारेर निर्णय गरेको आरोप लागेको छ । २०८१ पौष १८ गते भब्य तामझामका साथ डि नमस्ने नेपाल होटेलमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेललाई प्रमुख अतिथीका रुपमा आमन्त्रण गरिएको थियो । कार्यक्रममा नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि बरिष्ठ उपाध्यक्ष लाल बहादुर सुनार, प्रथम उपाध्यक्ष ओम बहादुर बि.क. र महासचिव मोहन सुनारको दावी रहेको थियो ।

अध्यक्षमा ३ जनाको दावी परेपछी सहमतीको प्रयास भएको थियो । सहमती अनुसार बरिष्ट उपाध्यक्ष लाल बहादुर सुनार पुनः नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमै बस्न राजी भएपछी प्रथम उपाध्यक्ष र महासचिवको दावीमा निर्वाचन हुनसक्ने सम्भावना देखिएको थियो ।
दुवै जनाले आफनो दावी बाट पछी नहटेपछी अध्यक्ष ज्ञानेन्द्र बहादुर बिश्वकर्माले दुवै जनाले दावी छाडेर पुनः अध्यक्षमा आफैलाइ समर्थन गरिदिन अनुरोध गरेका थिए । सोही अनुसार दुवै जनाले अध्यक्षलाई पुनः दोहोर्याउनका लागि सहमती कागजमा हस्ताक्षर गरेका थिए । तर आफु अध्यक्ष नभई प्रथम उपाध्यक्षलाई नै अध्यक्षमा उनले समर्थन गरेपछी महासचिव मोहन सुनारले आक्रोश ब्यक्त गरेका छन् ।

उनले भने बहुमत ब्यावसायी सदस्याहरु निर्वाचनबाटै नयाँ कार्यसमिती चयन गर्न चाहन्थे । तर सबै सदस्यहरुलाई गुमराहमा राखी सहमतीका नाममा जालझेल र षड्यन्त्र गरी नयाँ समिती निर्माण गरिएको छ । यसको म घोर बिरोध गर्छु । उनले अध्यक्ष ज्ञानेन्द्र बहादुर बिश्वकर्माले आफु अध्यक्ष हुनका लागि सहमती पत्रमा हस्ताक्षर गराएको र पछी आफनो मान्छेलाई अध्यक्ष बनाउन उक्त हस्ताक्षरको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

सम्बन्धित खबर

सुर्खेतमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु

सुर्खेतमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु

सुर्खेतमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब १०ः४५ बजेतिर वीरेन्द्रनगर नगरपालिका- १ को देउतीथान नजिकैको…
सुर्खेतमा परमेश्वरको मण्डलीद्धारा सामूहिक रक्तदान

सुर्खेतमा परमेश्वरको मण्डलीद्धारा सामूहिक रक्तदान

कर्णाली प्रदेशस्थित वीरेन्द्रनगर सुर्खेतमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज द्धारा सामुहिक रक्तदान गरिएको छ । मन्डलीले आयोजना गरेको कार्यक्रममा ९० जना…
सुर्खेतको ज्ञान सिन्धु कलेजले पायो उत्कृष्ट शैक्षिक संस्था सम्मान

सुर्खेतको ज्ञान सिन्धु कलेजले पायो उत्कृष्ट शैक्षिक संस्था सम्मान

लामो समय देखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा संचालित ज्ञान सिन्धु सुर्खेत कलेजले उत्कृष्ट शैक्षिक संस्था सम्मान पाएको छ । चन्द्रलोक प्रतिष्ठान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *