• पुस १६, २०८१
  • No Comment
  • 150

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पक्राउ पुर्जी जारी

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। डिसेम्बर ३ मा मार्शल ल लगाउने उनको प्रयासलाई लिएर सोलको एउटा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

मार्शल ल लगाएको विषयमा यूनमाथि विद्रोह र देश द्रोहको अभियोगमा कयौं अनुसन्धान भइरहेको अनि विगत दुई हप्तामा सोधपुछका लागि भएको बोलावटलाई यूनले वेवास्ता गरेकै समयमा पक्राउ पुर्जी जारी भएको छ ।

आइतबार राति अनुसन्धानकर्ताहरूले राजद्रोह गरेको अनि शक्ति दुरुपयोग गरेको अभियोगमा यूनलाई पक्राउ गराउन खोजेका थिए । यस कदमलाई यूनका वकिलले चाहिँ गैरकानूनी भनिरहेका छन् । मार्शल ल लगाउने यूनको असफल प्रयासपछि दक्षिण कोरिया राजनीतक संकटमा फसेको छ ।

यो कदमपछि संसदले यूनलाई महाभियोग लगाएर पदच्यूत गराएको थियो । त्यसपछि कार्यबाहक राष्ट्रपति बनाइएका प्रधानमन्त्री हान डक–सुलाई पनि दुई हप्ता नबित्दै महाभियोग लगाएर हटाइयो । पक्राउ पुर्जी जारी हुने यून दक्षिण कोरियाका पहिलो सत्तासिन राष्ट्रपति हुन् ।

उनको पक्राउका लागि अनुसन्धानकर्ताहरूसँग जनवरी ६ सम्मको समय छ । उनीहरूले यसको अवधि लम्ब्याउन पनि सक्छन् । यूनको सुरक्षा टोली र उनीसमर्थक विद्रोहीहरूले विफल पार्ने प्रयास गर्ने भएकोले अनुसन्धानकर्ताहरूले यूनलाई समात्न सक्छन् भन्ने चाँहि अहिले अस्पष्ट छ ।

यस अघि राष्ट्रपति कार्यालय र यूनको निजी आवासमा अदालतले अनुमति दिएको छापा मार्न अनुसन्धानहरू छिर्ने प्रयास गर्दा राष्ट्रपतिको सुरक्षा सेवाले रोकेको थियो । यूनले राष्ट्रपतिको संवैधानिक अधिकारअन्तर्गत मार्शल ल लगाएकोले अनुसन्धानकर्ताहरूसँग उनलाई पक्राउ गर्ने अधिकार नभएको यूनको कानुनी टोलीले सोमबार भनेको थियो ।

 

सम्बन्धित खबर

सरकारकाे तीन तहबीच सम्बन्ध सुदृढ गर्न आवश्यक : मुख्यमन्त्री कँडेल

सरकारकाे तीन तहबीच सम्बन्ध सुदृढ गर्न आवश्यक : मुख्यमन्त्री…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सुदृढ भए मात्र विकास र समृद्धिको लक्ष्य हासिल…
सुन–चाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

सुन–चाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य…
कैलालीमा खैरो हेरोइनसहित २ जना पक्राउ

कैलालीमा खैरो हेरोइनसहित २ जना पक्राउ

कैलाली । कैलालीमा प्रहरीले लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा आइतबार लागूऔषध नियन्त्रण ब्युरो र…

Leave a Reply

Your email address will not be published. Required fields are marked *