• पुस ११, २०८१
  • No Comment
  • 170

जाडो मौसममा प्राय राति रुघाखोकी किन बढी लाग्छ ?

जाडो मौसममा रुघाखोकीको समस्या सामान्य हुन्छ । चिसो मौसममा जता हेर्‍यो, मानिसहरू रुघाखोकी गरिरहेको देखिन्छ। रुघाखोकीको समस्याबाट छुटकारा पाउनका लागि मानिसहरुले धेरै उपाय अपनाउने गर्दछन्, जसले राहत दिन्छ ।

रुघाखोकीबाट ग्रसित भएका मानिसहरु दिनभर बिना कुनै समस्याको काम गरे पनि राति खोकी लाग्न थाल्छ । रुघाखोकीका कारण धेरैलाई राती सुत्न समेत सक्दैन । यस्तो अवस्थामा राती रुघाखोकीको समस्या किन बढी हुन्छ जानौं…

स्वास्थ्य विज्ञका अनुसार शरीरको अवस्था र वातावरणमा आएको परिवर्तनका कारण रातमा यो समस्या बढ्छ । जब हामी सुत्छौं, हाम्रो शरीरको अवस्था परिवर्तन हुन्छ, जसले श्वासप्रश्वास प्रणालीमा थप दबाब दिन्छ। चिसो हावा र राती सुक्खाले पनि खोकी बढाउन सक्छ। यस समयमा श्वासनलीमा बढी सुन्निने, जलन हुने वा जाम हुने हुँदा रुघाखोकीको समस्या बढ्छ ।

चिकित्सकका अनुसार सुत्ने बेलामा घाँटीमा म्युकस जम्न सक्छ, जसका कारण घाँटीमा असहजता महसुस हुन्छ र खोकी लाग्न थाल्छ । यो समस्या सामान्यतया रुघाखोकी, फ्लू वा एलर्जीको कारणले हुन्छ। दमका बिरामीले पनि राति बढी खोकीको सामना गर्नुपर्ने हुन्छ । जब शरीर आराम मोडमा हुन्छ, श्वासप्रश्वास प्रणालीमा जलन वा सूजन बढ्छ, जसले खोकी बढाउँछ। धुलो वा धुवाँ जस्ता एलर्जी भएका मानिसहरूलाई पनि राति खोकी लाग्छ।

राति खोकीबाट कसरी राहत पाउने ?

चिकित्सकले राति मनतातो पानी पिउनाले रुघाखोकीबाट राहत पाउन फाइदा हुने बताएका छन् । यसले घाँटीलाई शान्त पार्छ र बलगमलाई नरम बनाउँछ। मनतातो पानीमा मह र अदुवा मिसाएर पनि पिउन सक्नुहुन्छ ।

राति हावा सुख्खा हुन सक्छ, जसले घाँटीलाई अझ सुकाउँछ। यस्तो अवस्थामा कोठामा आद्र्रता कायम राख्न ह्युमिडिफायर प्रयोग गर्नुहोस्, यसले घाँटी र श्वासप्रश्वास प्रणालीमा हुने जलनलाई कम गर्छ र खोकीबाट राहत दिन्छ। रुघाखोकी बढ्दै गएमा सिरानीको सहाराले टाउको अलि माथि राखेर सुत्ने प्रयास गर्नुहोस्.

यदि तपाईको खोकी एलर्जीसँग सम्बन्धित छ, भने एलर्जीको कारणबाट बच्ने प्रयास गर्ने विज्ञहरुले बताएका छन् । कोठामा धुलो र धुवाँबाट बच्न एयर प्युरिफायर प्रयोग गर्नुहोस्. यदि सबै उपायहरू गर्दा पनि रुघाखोकीको समस्याबाट मुक्ति मिल्दैन र रुघाखोकी एक साताभन्दा बढी रह्यो भने यस्तो अवस्थामा डाक्टरसँग परामर्श गरी आफ्नो जाँच गराउनुपर्छ।

चिकित्सकको सल्लाहबमोजिम औषधि वा सिरप सेवन गर्दा रुघाखोकीबाट आराम मिल्छ । कहिलेकाहीँ खोकी केही रोगको लक्षण पनि हुन सक्छ, यस्तो अवस्थामा चिकित्सकले यसको सही कारण बताउन सक्छन्.

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *