• पुस ११, २०८१
  • No Comment
  • 52

जानकारी बिना धितो लिलामको अभियोगमा सिद्धार्थ बैंकका प्रबन्धक पक्राउ

सिद्धार्थ बैंकको जनकपुरस्थित मिल्स एरिया शाखाका प्रबन्धक अरन बलम्पाकी पक्राउ परेका छन ।

जनकपुर उपमहानगर ८ की ऋणी सुध्रिका देवी कुर्मीले बलम्पाकीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि बिहीबार दिउँसो प्रहरीले उनलाई कार्यालयबाट नियन्त्रणमा लिएको हो ।

कुर्मीले केही वर्षअघि ऋण लिनका लागि धितो राखेको जनकपुर ८ मा रहेको साढे ८ धुर जग्गा जानकारीबिना लिलाम गरिएको आरोप लगाउँदै उजुरी दर्ता गराएकी थिइन । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ ।

सम्बन्धित खबर

फ्याटी लिभर हटाउन यी ६ चमत्कारी खानेकुरा

फ्याटी लिभर हटाउन यी ६ चमत्कारी खानेकुरा

काठमाडौँ ।पछिल्ला वर्षहरूमा नेपालीहरूमा फ्याटी लिभरको समस्या तीव्र रूपमा बढ्दो छ। अस्वस्थ खानपान, व्यायामको अभाव, र तनावपूर्ण जीवनशैलीका कारण कलेजो वरिपरि…
तपाईलाई थाहा छ ? के हो स्लिप डिभोर्स ?

तपाईलाई थाहा छ ? के हो स्लिप डिभोर्स ?

पछिल्लो समय पश्चिमी देशहरूमा ‘स्लिप डिभोर्स’को प्रवृत्ति तीव्र गतिमा बढिरहेको छ । स्लिप डिभोर्समा जोडीहरू एउटै ओछ्यानमा नसुतेर अलग कोठा वा…
जम्मु–कस्मिरमा पर्यटकमाथि आतंकवादी हमला: एक नेपालीसहित कम्तीमा २६ को मृत्यु

जम्मु–कस्मिरमा पर्यटकमाथि आतंकवादी हमला: एक नेपालीसहित कम्तीमा २६ को…

काठमाडौँ । भारतको जम्मु–कस्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि बन्दुकधारीले गरेको आक्रमणमा एक नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *