• पुस ८, २०८१
  • No Comment
  • 205

चौकुने गाउँपालिकाले गर्यो प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजालकाे बिदाई

दिलिप कडेल, सुर्खेत।  चौकुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाललाई चौकुने गाउँपालिकाले एक कार्यक्रमका बीच सम्मान सहित बिदाइ गरेकाे छ । कार्यक्रममा चौकुने गाउँपालिकाका अध्यक्ष खडक बिवस वासपानेले नगेन्द्र प्रसाद रिजाल कुशल प्रशासक रहेको चर्चा गर्दै उहाँले चौकुनेको समृद्धिका लागी उत्कृष्ट मार्ग तयार गरेको बताउनु भएको छ ।

त्यसैगरी गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोलाले लामो समयसम्म सहकार्य गर्न नपाएको भएतापनि छोटो समयको सहकार्यले धेरै कुरा सिकाएको भन्दै प्रशंसा गर्दै उहाँ जहाँ गएपनि सफल कार्यकालको शुभकामना दिनु भएको छ । बिदाइ भएर जाँदै गर्दा प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजालले आफुले चौकुने गाउँपालिकाबाट धेरै अनुभव संगालेको बताउनु भयो ।

कर्मचारी तथा जनप्रतिनिधीसंग कस्तो खालको समन्वय गर्नुपर्छ भन्ने धेरै विषयको अनुभव चौकुने गाउँपालिकाबाट प्राप्त गरेको उहाँको भनाइ थियो । चौकुने गाउँपालिकाले सहजीकरण गरेको कार्यक्रममा गाउँपालिकाका रोजगार शाखा प्रमुख कमल कृष्ण जैसी , शिक्षा शाखा प्रमुख टेकेन्द्र बुढा , योजना शाखा प्रमुख जगदीश पाण्डे लगाएतकाले विदाइ मन्तव्य राख्दै रिजालमा सबै कर्मचारीलाई समान नजरले हेर्ने प्रशासक भएको भन्दै उहाँको प्रसंशा गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजालको सरुवा रोल्पामा भएकाे छ । करिब ४ महिना भन्दा बढी चौकुने गाउँपालिकामा रही प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरेकाे चौकुने गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित खबर

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौँ — चिकित्सकहरूले केही दीर्घरोग भएका व्यक्तिलाई मासु सेवनमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। अत्यधिक मासु, चिल्लो, नुन, गुलियो पदार्थ,…
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह…

Leave a Reply

Your email address will not be published. Required fields are marked *