• पुस ६, २०८१
  • No Comment
  • 107

नेपाल प्रिमियर लिग आज फाइनल : उपाधिका लागि सुदूरपश्चिमविरुद्ध जनकपुर भिड्दै

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि सुदूरपश्चिम रोयल्सविरुद्ध  जनकपुर बोल्ट्स भिड्दै छ । फाइनल खेल दिउँसो १२ बजेपछि त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ ।

सुदूरपश्चिम ७ खेलमा ६ जीतका साथ अङ्कतालिकामा शीर्ष र जनकपुर समान ७ खेलमा ५ जीतका साथ दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो । यसअघि लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले र पहिलो क्वालिफायरमा ८ विकेटले हराएको थियो ।

फाइनल खेल अघि दुवै टोलीका कप्तानले उपाधि जित्नेमा आशावादी रहेको बताएका छन् । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले आफूहरुले लिग चरणदेखि अहिलेसम्म राम्रो प्रदर्शन गरेको र फाइनल खेलमा पनि यो लयलाई निरन्तरता दिने प्रयास गर्ने बताएका छन् । यस्तै जनकपुरका कप्तान आसिफ शेखले उपाधि जित्ने दाबी गरेका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले एनपीएलको आयोजना गरेको हो । गएको मङ्सिर १५ गतेदेखि शुरू भएको प्रतियोगितामा ८ टोली सहभागी थिए ।

घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता फ्रेञ्चाइज टिम फाइनलमा पुगेका सुदूरपश्चिम र जनकपुरसहित विराटनगर किङ्स, चितवन राइनोज, काठमाण्डौ गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र कर्णाली याक्स रहेका थिए ।

यो खेलको भारतीय चर्चित स्पोर्टस टीभी च्यानल स्टार स्पोर्टसले प्रत्यक्ष प्रशारण गर्दै आएको छ । एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा पनि खेलको प्रशारण भइरहेको छ ।

पहिलो पटक आयोजना भएको एनपीएलले नेपालको क्रिकेटलाई देशभित्र मात्रै नभई विदेशमा समेत चर्चा कमाएको छ । त्यस्तै चर्चित क्रिकेटर ब्रायन लारा पनि एनपीएल अवलोकन गर्न नेपाल आइएका थिए ।

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *