• पुस ६, २०८१
  • No Comment
  • 150

नेपाल प्रिमियर लिग आज फाइनल : उपाधिका लागि सुदूरपश्चिमविरुद्ध जनकपुर भिड्दै

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि सुदूरपश्चिम रोयल्सविरुद्ध  जनकपुर बोल्ट्स भिड्दै छ । फाइनल खेल दिउँसो १२ बजेपछि त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ ।

सुदूरपश्चिम ७ खेलमा ६ जीतका साथ अङ्कतालिकामा शीर्ष र जनकपुर समान ७ खेलमा ५ जीतका साथ दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो । यसअघि लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले र पहिलो क्वालिफायरमा ८ विकेटले हराएको थियो ।

फाइनल खेल अघि दुवै टोलीका कप्तानले उपाधि जित्नेमा आशावादी रहेको बताएका छन् । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले आफूहरुले लिग चरणदेखि अहिलेसम्म राम्रो प्रदर्शन गरेको र फाइनल खेलमा पनि यो लयलाई निरन्तरता दिने प्रयास गर्ने बताएका छन् । यस्तै जनकपुरका कप्तान आसिफ शेखले उपाधि जित्ने दाबी गरेका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले एनपीएलको आयोजना गरेको हो । गएको मङ्सिर १५ गतेदेखि शुरू भएको प्रतियोगितामा ८ टोली सहभागी थिए ।

घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता फ्रेञ्चाइज टिम फाइनलमा पुगेका सुदूरपश्चिम र जनकपुरसहित विराटनगर किङ्स, चितवन राइनोज, काठमाण्डौ गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र कर्णाली याक्स रहेका थिए ।

यो खेलको भारतीय चर्चित स्पोर्टस टीभी च्यानल स्टार स्पोर्टसले प्रत्यक्ष प्रशारण गर्दै आएको छ । एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा पनि खेलको प्रशारण भइरहेको छ ।

पहिलो पटक आयोजना भएको एनपीएलले नेपालको क्रिकेटलाई देशभित्र मात्रै नभई विदेशमा समेत चर्चा कमाएको छ । त्यस्तै चर्चित क्रिकेटर ब्रायन लारा पनि एनपीएल अवलोकन गर्न नेपाल आइएका थिए ।

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास (ECD) केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम आज सम्पन्न भएको छ।…
श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा बेतान स्वास्थ्य चौकीमा खानेपानी ट्यांकी जडान

श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–३ स्थित बेतान स्वास्थ्य चौकीमा देखिँदै आएको खानेपानी समस्यालाई समाधान गर्न महत्वपूर्ण पहल गरिएको छ। श्री समावेसी सामुदायिक…
सुकुम्वासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर

सुकुम्वासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे…

 काठमाडौं, १४ वैशाख – सुकुम्वासी बस्ती स्थानान्तरणका कारण प्रभावित विद्यार्थीहरूको सुरक्षासहित शैक्षिक सहजीकरणका लागि सरकारले ६ बुँदे सर्कुलर जारी गरेको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *