• पुस ६, २०८१
  • No Comment
  • 228

कालिकोट र बाजुराको सिमाना गोत्रीमा केन्द्रविन्दु बनाएर ५.२ रेक्टरको भुकम्प

कालिकोट र बाजुराको सिमानास्थित गोत्रीमा केन्द्रविन्दु बनाएर ५.२ रेक्टरको भुकम्प गएको छ ।  भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार जिल्लाको पुर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दू बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भुकम्प गएको  जनाएको छ ।

शनिबार विहान ४ बजेर १४ मिनेटमा भुकम्प गएको हो ।

भुकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा कोलाहल मच्चिएको थियो । घरमा निद्रामा भएका स्थानीय भुकम्प आएपछि घर बाहिर निस्किदै भुकम्प आयो भन्दै हो हल्ला गरेका हुन् ।
भुकम्पले नराम्ररी हल्लाएपछि यहाँका स्थानीयहरु त्रसित बनेका छन् । भुकम्प आउने डरले स्थानीयहरु त्रासमा रहेका छन् । भुकम्प गएपछि क्षतिको के कति भयो, भन्नेबारेमा यकिनु हुन सकेको छैन । थप विवरण आउन बाँकि रहेको छ ।

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि १० दिने क्षमता…

चौकुने गाउँपालिकामा प्रारम्भिक बालविकास (ECD) केन्द्रमा कार्यरत सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने तालिम आज सम्पन्न भएको छ।…
श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा बेतान स्वास्थ्य चौकीमा खानेपानी ट्यांकी जडान

श्री समावेसी सामुदायिक वन उपभोक्ता समूह चौकुने ३ द्वारा…

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–३ स्थित बेतान स्वास्थ्य चौकीमा देखिँदै आएको खानेपानी समस्यालाई समाधान गर्न महत्वपूर्ण पहल गरिएको छ। श्री समावेसी सामुदायिक…
सुकुम्वासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर

सुकुम्वासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे…

 काठमाडौं, १४ वैशाख – सुकुम्वासी बस्ती स्थानान्तरणका कारण प्रभावित विद्यार्थीहरूको सुरक्षासहित शैक्षिक सहजीकरणका लागि सरकारले ६ बुँदे सर्कुलर जारी गरेको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *