• पुस ४, २०८१
  • No Comment
  • 182

सक्कली र नक्कली अण्डा यसरी चिन्नुहोस, नक्कली अण्डाले स्वास्थ्यमा हुन सक्छ गम्भिर समस्या

जाडो मौसममा अण्डाको माग र खपत बढ्ने गर्छ। अण्डाले गर्मी हुने भएकाले यसलाई स्वास्थ्यका लागि लाभदायक मानिन्छ। तपाईंले पनि पक्कै जाडोमा अण्डा उसिनेर, अम्लेट बनाएर खाने गर्नुभएकै होला ।

अण्डामा पाइने भिटामिन, मिनरल्स, क्याल्सियम र प्रोटिनका कारण अण्डालाई सुपरफुड पनि भनिन्छ। तर, अण्डाको अत्यधिक मागका कारण कतिपय व्यापारिक व्यक्तिहरूले नक्कली अण्डा बेच्न सक्छन्। यी अण्डा रसायन तथा कृत्रिम वस्तुबाट बनाइएका हुन्छन् र स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्छन्।

नक्कली अण्डा बनाउन जिलेटिन, कृत्रिम रङ र अन्य रसायन प्रयोग गरिन्छ। जसले कलेजो र मिर्गौलामा क्षति पुर्‍याउन सक्छ। यसले रसायनजन्य एलर्जी पनि गराउन सक्छ। यस्ता नक्कली अण्डाको सेवनबाट जोगिन तपाईंले केही सजिलो उपाय अपनाउन सक्नुहुन्छ।

सक्कली र नक्कली अण्डा छुट्याउने सजिला तरिकाहरूः
१. अण्डाको बोक्रा हेर्नुहोस्
असली अण्डाको बोक्रा अलि खस्रो र दानेदार हुन्छ।
नक्कली अण्डाको बोक्रा एकदम चिल्लो र चम्किलो हुन्छ।

२. अण्डालाई हल्लाएर जाँच गर्नुहोस्
असली अण्डा हल्लाउँदा कुनै आवाज आउँदैन।
नक्कली अण्डा हल्लाउँदा पानी बगिरहेको जस्तो आवाज आउन सक्छ।

३. बोक्राको बलियोपन जाँच्नुहोस्
असली अण्डाको बोक्रा सजिलै फुट्छ र भित्र पातलो झिल्ली हुन्छ।
नक्कली अण्डाको बोक्रा कडा हुन्छ र फुट्दा प्लास्टिकजस्तो लाग्छ।

४. अण्डाको पहेँलो भाग जाँच्नुहोस्
असली अण्डाको पहेँलो भाग गोलो र कडा हुन्छ।
नक्कली अण्डाको पहेँलो भाग चिप्लो हुन्छ र सजिलै फुट्न सक्छ।

यी तरिकाहरू अपनाएर तपाईंले असली र नक्कली अण्डा सजिलै छुट्टयाउन सक्नुहुन्छ। नक्कली अण्डा सेवन गर्दा स्वास्थ्यमा गम्भीर समस्या आउन सक्छ, त्यसैले सतर्क रहनुहोस्।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *