• पुस ४, २०८१
  • No Comment
  • 169

श्री पुच्मा-बागमारा लिप्ट सोलार पम्प खानेपानी आयोजनाको उद्धघाटन कार्यक्रम सम्पन्न

दिलिप कडेल, सुर्खेत।  चौकुने गाउँपालिका वडा न ४ पुच्मामा मा रहेको श्री पुच्मा बागमारा लिप्ट सोलार पम्प खानेपानी आयोजनाको उद्धघाटन नेपाल सरकारका रक्षा सचिव रामेश्वर दंगाल ,रक्षा सह- सचिव ज्ञान प्रसाद ढकाल को प्रमुख अतिथि र चौकुने गाउँपालिका का अध्यक्ष खडक बिवस वासपाने , चौकुने गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोलाको बिशेष अतिथ्यतामा र वडा न ८ का वडा अध्यक्ष कमल जि सी ,वडा न ७ का वडा अध्यक्ष धनिराम धमला यसैगरी वडा न ४ का वडा अध्यक्ष टोप बहादुर बि सी को अतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा चौकुने गाउँ पालिका का अध्यक्ष खडक बिवस वासपानेले खानेपानीको ठेक्का सम्झौता गरी समयमा सकाउने कादुरी संस्था लाई धन्यवाद समेत व्यक्त गर्नु भएको छ ।

यसैगरी खानेपानी आयोजनालाई उपभोक्ता समिति गठन गरी खानेपानीलाई नियमित बनाउन उहाँले पुच्माबासीहरुलाई अनुरोध समेत गर्नु भएको छ । पुच्माबासीलाई एक घर एक धारा बनाउने सरकारको निति समेत रहेको अध्यक्षले जानकारी दिनु भएको छ। मानवीय जीवनमा पानीको आवश्यकता महत्वपूर्ण रहने र यो अयोजनाको काम समयमा सम्पन्न गरेकोमा खुसी व्यक्त गर्नु भएको छ । उहाले अबका दिनमा राम्रो काम गर्नेलाई प्रोत्साहन सहित सम्मान गर्ने प्रतिबद्वता जनाउनु भएको छ ।

आयोजना बन्नुपूर्व यहाँका महिलाकाे प्रत्येक बिहान पानी बाेक्नमै बित्थ्याे। अब त्याे परिस्थितिकाे अन्त्य भएकाे छ। हामीले शुद्द पानी मात्र पाएका छैनौं, पानी बाेक्नकै लागि श्रम गर्नुपर्ने, बिहानभरिकाे समय खर्च गर्नुपर्ने बाध्यताकाे पनि अन्त्य भएको स्थानिय महिला पार्बती सावदले बताउनुभएको छ ।” उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै रक्षा सचिव रामेश्वर दंगालले चौकुने गाउँपालिकाको ‘खानेपानीकाे व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी मूख्यत महिलाकै काँधमा हुन्छ।

पानी बाेक्ने समय खर्चिदा महिलाहरुले अरु काममा समय दिन सक्नुभएकाे थिएन तर आज याे बाध्यताकाे अन्त्य भएको र यो ठाउँमा पहिलोपटक आई उद्धघाटन गर्न पाउदा खुसी ब्यक्त गर्दै आयोजनालाई निरन्तरता दिन समेत आग्रह समेत गर्नु भएको छ । २ कराेड ६ लाख ७९ हजार रुपैयाँको लागतमा सम्पन्न उक्त अायाेजनाबाट पुच्माका १०४ घरधुरी लाभान्वित भएका छन्।

अायाेजनामा ६ वटा इन्टेक,  २ वटा लिप्ट साेलार पम्प हाउस र ६वटा पानी बितरण केन्द्र रहेका छन्। अायाेजनाले रेक्चाका सयौं नागरिक लाभान्वित भएकाे उपभोक्ता समितिका अध्यक्ष लछिराम अस्लामी मगर,ले बताउनु भएको छ ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *