• मंसिर २७, २०८१
  • No Comment
  • 33

एनपीएलमा आज पनि दुई खेल, भिड्दै छन् यी ४ टिम

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किङ्स र दोस्रो खेल काठमाडौं गुर्खाज् जनकपुर बोल्ट्सबीच हुनेछ । विराटनगर र पोखराबीचको प्रतिस्पर्धाबाट एनपीएलबाट बाहिरिने अर्को टोलीको टुंगो लाग्नेछ । यसअघि बुधबार लुम्बिनी लायन्स प्लेअफ नपुग्ने निश्चित भइसकेको छ ।

४ खेल खेलिसकेका पोखरा र विराटनगरले समान एक/एक खेलमा जित निकालेका छन् । प्लेअफको सम्भावना कायम राख्न दुवै टोलीलाई जित आवश्यक छ । यी दुवै टोलीसँग समान चार खेलबाट २ अंक मात्रै छ । नेटरनरेटका आधारमा विराटनगर अन्तिममा रहँदा पोखरा सातौँ स्थानमा छ । यता काठमाडौंले हालसम्म दुई खेल जितेको छ भने पाँच खेल खेलेको जनकपुर चार खेलमा विजयी भएको छ । पहिलो खेल बिहान ९ र दोस्रो खेल १ बजेदेखि सुरु हुनेछ ।

सम्बन्धित खबर

एनपीएलमा आज जनकपुर र पोखरा तथा काठमाडौं र सुदूरपश्चिम भिड्दै

एनपीएलमा आज जनकपुर र पोखरा तथा काठमाडौं र सुदूरपश्चिम…

नेपाल प्रिमियर लिग एनपिएलमा आज पनि दुई खेल हुँदैछन् । आठौं खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स तथा नवौं खेलमा काठमाडौं…

Leave a Reply

Your email address will not be published. Required fields are marked *