• मंसिर ३, २०८१
  • No Comment
  • 258

देउसी–भैलोबाट उठेको रकम सामाजिक कार्यमा

पञ्चपुरी नगरपालिका वडा न ४ बराईचेका युवाहरुले हरेक वर्ष आउने तिहार पर्वको अवसरमा विभिन्न कार्यक्रम गरी सामाजिक सेवामा देउसी भैलो बाट उठेको रकम विभिन्न संघ संथालाई सहयोग गर्दै आई रहेको छ ।

तिहारमा विभिन्न संघ–संस्था, क्लव र युवा समूहले देउसी–भैलो खेल्ने र उठेको रकम फजुल खर्च गर्ने परिपाटी बढेका बेला यहाँका युवाहरुले भने युवाहरुलाई जागरुक बनाउँन र सामाजिक कार्यमा भावना जगाउँन यस्तो कार्य गरिएको स्थानीय युवाहरुको भनाइ रहेको छ ।

वर पिपल भैलो समूह नाम ले परिचित समूहले यस वर्ष देउसी भैलो बाट जम्मा भएको रकम पञ्चपुरि नगर पालिका वडा न ४ मा रहेको शिव मन्दिर लागि २०,००० हजार रुपैयाँ बराबरको मन्दिरमा घण्ट उपलब्ध गराईएको छ ।शिव मन्दीर समिती कि अध्यक्ष,चन्द्रा सुवेदी ,वडा अध्यक्ष,राम प्रसाद अधिकारी वडा सदस्य मोतीप्रसाद खनाल ,पुर्व वडा अध्यक्ष प्रेम बहादुर शाही लगायत विभिन्न समाजसेवी व्यक्तित्वहरु को उपस्थितिमा हस्तान्तरण गरिएको भौलो समुहका संयोजक रमेश ढुंगानाले जानकारी दिनुभएको छ ।

सम्बन्धित खबर

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

 काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस…
जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…

Leave a Reply

Your email address will not be published. Required fields are marked *