• मंसिर २, २०८१
  • No Comment
  • 227

चनाको सेवनले स्वास्थ्यमा गर्छ यति धेरै फाइदा

चनाको दैनिक उपभोग स्वस्थ शरीरको लागि लाभदायक मानिन्छ। यसको दैनिक सेवनले शरीरलाई बलियो र स्वस्थ राख्छ ।

धेरै मानिसहरु बिहानको खाजामा चना लिन्छन् । हरेक मौसम, जाडो, वर्षा र गर्मीमा खानुमा क्याल्सियम र आइरन प्रचुर मात्रामा पाइन्छ । साथै, यसमा प्रोटिन पनि प्रशस्त हुन्छ । पोषक तत्वले भरिपूणर् चना शरीरलाई बलियो र मांसपेशी बनाउन निकै सहयोगी हुन्छ ।

चनामा उच्च मात्रामा डाइटरी फाइबर पाइन्छ जसले पाचन प्रणालीलाई राम्रो बनाउँछ । कतिपयले पानीमा भिजाएर चना खान्छन् भने कतिपयले भुटेको चना खान मन पराउँछन् । भुटेको चना खानुका फाइदाबारे कुरा गर्ने हो भने यसले पाचन शक्ति बढाउन मद्दत गर्छ । यसले पेटमा ग्यास, एसिडिटी र अपच जस्ता समस्याबाट मुक्ति मिल्छ। यसले शरीरमा मेटाबोलिजम बढाउन पनि मद्दत गर्छ ।

एनिमियामा भुटेको चना खानु निकै फाइदाजनक हुन्छ । त्यसैगरी गुड़सँग खाँदा धेरै फाइदा हुन्छ । गुड़ र चना खाँदा शरीरलाई पर्याप्त मात्रामा आइरन प्राप्त हुन्छ । शरीरमा हेमोग्लोबिनको मात्रा बढ्छ र एनीमिया हट्छ। भुटेको चनाको ग्लाइसेमिक इन्डेक्स धेरै कम हुन्छ, त्यसैले यसलाई मधुमेहबाट पीडित व्यक्तिको लागि धेरै लाभदायक खाजा मानिन्छ।

पाचन प्रणाली सुधार गर्न र रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ। यो खाँदा पेट छिट्टै भरिन्छ र लामो समयसम्म भोक लाग्दैन । १०० ग्राम चनामा करिब ५८.९९ ग्राम कार्बोहाइड्रेट, २५.२१ ग्राम प्रोटिन, १८.३ ग्राम डाइटरी फाइबर र १.६४ ग्राम फ्याट हुन्छ । यसका अलावा यसमा आइरन, फस्फोरस, म्याग्नेसियम, जिंक र तामा जस्ता धेरै सूक्ष्म पोषक तत्वहरू पनि राम्रो मात्रामा पाइन्छ।

सम्बन्धित खबर

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…
सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ…

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…
सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेत, २९ वैशाख । वीरेन्द्रनगरबाट  लागुऔषध ब्राउनसुगर, स्रोत नखुलेको नगद तथा सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *