- कार्तिक ३०, २०८१
- No Comment
- 30
प्रवासी युवाहरूको पहलमा अनाथ बालबालिकालाई सहयोग
दिलिप कडेल, सुर्खेत। चौकुने गाउँपालिका वडा नम्बर ७ का श्री सिद्धेश्वरी बाल गृहका अनाथ बालबालिकालाई प्रवासी युवाहरुले न्यानो कपडा ,झोला र कापीकलम सहयोग गरेका छन् । स्थानीय चक्र प्रसाद धमला ,बिष्णु प्रसाद न्यौपाने र दुर्गा बि सीको पहलमा स्थानीय बालबालिकालाई सहयोग गरेका हुन् ।
आमा बाबु नभएका कारण विद्यालयमा चाहिने आवश्यक शैक्षिक सामग्रीको अभावमा रहेका स्थानीय बालबालिकाहरुलाई सहयोग सामग्री प्रदान गरिएको हो । शैक्षिक सामग्री वितरण गर्दै चौकुने गाउँपालिका ७ का वडा अध्यक्ष धनिराम धमलाले यस्ता बालबालिकाहरुको संरक्षण सरकारको तर्फबाट गर्न सक्नु पर्ने औल्याउनु भएको छ ।
उहाँले “स्थानिय सरकार आएको दुई बर्ष वितिसक्दा समेत अनाथ बालबालिकाको क्षेत्रमा कुनै पनि काम नगरेको बेलामा प्रवासी भुमिबाट युवाहरूको पहलमा बालबालिकाकालाई सहयोग गर्दा स्थानिय सरकार मौन रहेको श्री सिद्धेश्वरी मा बि का प्र अ रतन थापाको गुनासो रहेको छ ।”सहयोग सामग्री लिएर अनाथ आश्रममा पुगेका ,,बिष्णु प्रसाद न्यौपानेले भन्नुभयो “गाउँपालिकाले यस वर्षको नीति तथा कार्यक्रममा यस्ता अनाथ तथा असहाय एवम् बेसाहारा बालबालिकाहरुको शिक्षा, स्वास्थ्यको क्षेत्रमा ध्यान दिनुपर्छ ।” उनले आगामी दिनमा अधिकार सम्पन्न स्थानीय तहले त्यसतर्फ ध्यान दिन आग्रह समेत गरेका छन् ।