• कार्तिक ३०, २०८१
  • No Comment
  • 153

दार्चुलाको मालिकार्जुनमा जीप दुर्घटना :  ७ जनाको मृत्यु, ६ जना घाइते

दार्चुलाको मालिकार्जुनमा आज (शुक्रबार) बिहान जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । भने अन्य ६ जना घाइते भएका छन् ।

शुक्रबार बिहान करिब ४ बजे शैल्यशिखर नगरपालिका-६ मालिकार्जुनबाट गोकुलेतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

घटनास्थल सदरमुकाम खलंगाबाट झण्डै ४० किलोमिटर टाढा पर्छ ।

प्रहरीकाअनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि मृत्यु हुनेहरुको सनाखत नभएको प्रहरीले जनाएको छ ।
घाइतेलाई स्थानीय प्रहरीको सहयोगमा उपचारका लागि गोकुले अस्पताल पठाइएको छ । दुर्घटनास्थलमा दार्चुलाका डीएसपीको नेतृत्वमा प्रहरी टोली गइरहेको प्रहरीले जनाएको छ ।

जीप सडकबाट करीब १०० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।
दुर्घटनाबारे बाँकि अनुसन्धान भैरहेको छ । थप विवरण आउन बाँकि छ ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *