• कार्तिक २५, २०८१
  • No Comment
  • 81

सेनाको हेलिकप्टरद्धारा सुत्केरीको उद्धार

बाजुरा जिल्लाको हिमाली गाउँपालिका-५ की २२ वर्षीया प्रेमकला रोकायाको जिल्ला अस्पताल बाजुराबाट सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

 

रोकायको स्वास्थ्यमा समस्या देखिएपछि आज दिउँसो नेपाली सेनाको हेलिकप्टरद्धारा थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँमा ल्याएइको हो ।

सुत्केरी रोकायाको एउटा बच्चा गाउँमै जन्माएको र अर्को बच्चा जिल्ला अस्पताल बाजुरामा शल्यक्रिया गरेर जन्माएको भए पनि पेटमा समस्या आएकाले नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याका अनुसार जिल्ला अस्पताल बाजुराले सुत्केरीको अवस्था जटिल भएकाले महिला तथा बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको हो ।

सुत्केरी रोकायाको यही कार्त्तिक २३ गते सामान्य अवस्थामा एक बच्चा घरमै जन्माएकी थिइन भने, उनको स्वास्थ्यमा समस्या भएपछि हिमाली गाउँपालिकाको एम्बुलेन्समा जिल्ला अस्पताल बाजुरामा ल्याइएको थियो ।

बच्चाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

सम्बन्धित खबर

वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर ३ यरिचोक पतेनीलाइनस्थित वली स्टोर एण्ड सप्लायर्सको गोदाममा आगलागि भएको छ । विहिबार राती अन्दाजी १ बजेको…
उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

दैलेख । दैलेख उद्योग वाणिज्य सङ्घ दैलेखको दशौँ अधिवेशन तथा निर्वाचन भएको छ। उक्त निर्वाचनमा ३३१ मत प्राप्त गरी नरेन्द्र थापा…
युनिसेफ नेपालद्वारा कार्यशाला गोष्ठी

युनिसेफ नेपालद्वारा कार्यशाला गोष्ठी

दैलेख। युनिसेफ नेपाल को आर्थिक सहयोगमा नारायण नगरपालिका दैलेखको आयोजनामा नारायण नगरपालिका १ को वडा कार्यालयमा कार्यशाला गोष्ठी गरिएको छ। बिहिबार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *