• कार्तिक १०, २०८१
  • No Comment
  • 139

दाङमा बोलेरो जिप दुर्घटना हँदा २ जनाको मृत्यु, ३ जना घाइते

दाङमा यात्रु सवार बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भने अन्य तीन जना घाइते भएका छन् ।

शनिबार बिहान सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ८ सय २२ नम्बरको बोलेरो जिप तुलसीपुर उपमहानगरपालिकाको साततलेमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि मृत्यु हुने जीपका चालक दाङका दंगीशरण गाउँपालिका ४ निवासी २२ वर्षिया हिरामणी बुढा र सल्यान कपुरकोट गाउँपालिका ६ निवासी १९ वर्षिय सुरेश खड्का रहेको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।

दुर्घनामा घाइते सल्यान कपुरकोट ६ निवासी ३१ वर्षिया देवा र उनका छोराहरु १३ वर्षिय महेश वली र १० वर्षिय जीवन वलीको तुल्सीपुरस्थित राप्ति प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *