• कार्तिक ९, २०८१
  • No Comment
  • 159

हाम्रै अनुहारमा पाइन्छन यस्ता खतरनाक किरा

तपाईंलाई त्यस्ता परजीवी किराहरूको बारेमा त थाहा होला, जो गाई-भैँसी र कुकुरको शरीरमा टाँसिएर तिनीहरूको रगत चुस्छन् । तर, तपाईंले यो कुरा कहिल्यै सोच्नु पनि भएको छैन होला कि जुन अनुहारलाई सफा मान्नुहुन्छ, त्यहाँ पनि त्यस्तै किराहरूको परिवार बसेको हुन्छ ।

तपाईंले यो कुरा थाहा पाउँदा पनि अनुहारमा हजारौँ यस्ता कीराहरू घस्रिरहेका छन्, जसलाई तपाईं नाङ्गो आँखाले देख्न सक्नुहुन्न । जति प्रयास गरे पनि तपाईं तिनीहरूलाई ऐनामा देख्न सक्नुहुन्न ।

 

ती किराहरु २४ घण्टा तपाईंको अनुहारमा नै बस्छन् किनभने यो नै तिनीहरूको घर हो र यहीँ तिनीहरूको परिवार पनि बसेको छ । यी कीराहरू यति फोहोर छन् कि यदि तपाईंले तिनीहरूलाई देख्नुभयो भने तपाईंलाई आफैसँग घृणा र डर लाग्न थाल्नेछ ।

 

यी परजीवी कीराहरू हाम्रो कपालको जरा र पूरै शरीरमा भएका रौँको जरामा बस्छन् तर, हाम्रो अनुहारमा तिनीहरूको संख्या सबैभन्दा बढी हुन्छ । जब रात हुन्छ, हामी सुत्छौँ, तब यी कीराहरू हाम्रो रौँको जराबाट बाहिर आउँछ ।

हाम्रो अनुहारमा नै तिनीहरूले प्रजनन प्रक्रिया गर्छ र आफ्नो संख्या बढाउँछ । हाम्रो शरीरको तेल ग्रन्थिबाट निस्कने तेलले तिनीहरूलाई अनुकूल वातावरण प्रदान गर्छ ।

यी कीराहरूको बारेमा धेरै वर्ष पहिला नै पत्ता लागिसकेको थियो । तिनीहरूलाई डेमोडेक्स फोलिकुलोरम ( म्झयमभह ायििष्अगयिचगm) र डेमोडेक्स ब्रेभिस (म्झयमभह दचभखष्क) भनिन्छ । यी किरा रातमा बढी सक्रिय हुन्छन ।

 

सम्बन्धित खबर

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

 काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस…
जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…

Leave a Reply

Your email address will not be published. Required fields are marked *