• कार्तिक ८, २०८१
  • No Comment
  • 64

पञ्चपुरी ४ बरैचेमा आधुनिक घट्ट निर्माण हुँदा गाउँवासी खुसी

दिलिप कडेल। प्रविधिको विकाससँगै आधुनिक घट्ट प्रयोगमा आएपनि परम्परागत पानीघट्टको लोकप्रियता घटेको छैन। सुर्खेतको पश्चिम पञ्चपुरी नगरपालिका ४ बरैचेमा आधुनिक घट्ट निर्माण हुँदा गाउँवासीहरु खुसी भएका छन् । पञ्चपुरी नगरपालिका ४ बरैचेका स्थानीयलाई सेवा दिन लक्ष्मीप्रसाद पौडेलले आधुनिक घट्ट निर्माण गर्नुभएको हो ।

घट्ट निर्माणपछि गाउँमा उत्पादन भएको गहुँ, मकै, जौ पिस्न खोलातिर पानी घट्ट जानुपर्ने बाध्यताको अन्त्य भएको भन्दै स्थानीय खुसी भएका हुन् । पञ्चपुरी नगरपालिका ६ निवासी लक्ष्मी प्रसाद पौडेलले पञ्चपुरी ४ मा बसेर आधुनिक घट्ट निर्माण गर्नुभएको छ । गाउँमा प्रशस्त पानीको श्रोत भएकोले आधुनिक घट्ट निर्माण गरेको पौडेलले बताउनुभयो । करिब बिसबर्ष देखि निरन्तर कुटानी पिसानीमा लाग्नु भएको लक्ष्मीप्रसाद पौडेलले युवाहरु विदेशीने बेला गाउँमा केही न केही उद्यम गरेर जीवनलाई खुसी बनाउनुपर्ने बताउनुभयो ।

पौडेलले करिब बाह्र लाख लगानी गरेर गाउँमा आधुनिक घट्ट निर्माण गरेको बताउनुभयो । अब गाउँमा अन्न बोकेर टाढा जानुपर्ने स्थानीयको बाध्यता अन्त्य भएको बताईएको छ । आधुनिक घट्ट र मिल समेत संचालन गरेर आफ्नो घरपरिवारको खर्च यसैबाट चलेको बताउनु हुन्छ ।धानकुटे बाफत १ किलो बराबर दुई रुपियाँ र गहुँ पिसानी बाफत तीन रुपियाँ लिने गरेको संचालक पौडेल बताउनु हुन्छ । घट्ट निर्माणका सामाग्रीहरु नेपालगञ्जबाट ल्याईएको लक्ष्मीप्रसाद पौडेलले जनाउनुभएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *