• कार्तिक ७, २०८१
  • No Comment
  • 2

निशुल्क स्थायि बन्ध्याकरण र महिलाका लागि मिनिल्याप तथा पुरूषहरूका लागि भ्याक्सेटोमी शिबिर सन्चालन हुने

दिलिप कडेल, सुर्खेत। सुर्खेतको चौकुने गाँउपालिका वडा नम्बर ८ गुटुमा रहेकोे स्वास्थ्य चौकीमा परिवार नियोजन क्याम्प यही कार्तिक ९ गते शुक्रबारका दिन संचालन हुने भएको छ । चौकुने गाँउपालिका का स्थानिय महिला तथा पुरुषहरुको सहजतालाई मध्यनजर गरी जनस्वस्थ्य सेवा कार्यलय सुर्खेतको र चौकुने गाउँपालिकाको समन्वयमा निशुल्क परिवार नियोजनको स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी तथा मिनिल्याप )गरिने भएको छ ।

सन्तानको रहर पुगि सकेका पुरुष तथा महिला दिदीबहिनीहरुका लागि एकदिने भ्यासेक्टोमी तथा मिनिल्याप शिबिर संचालन हुने भएको हो । उक्तदिन स्वास्थ्य चौकी गुटुमा आई सेवा लिनुहुन सबैमा जानकारी गराईएको छ ।

साथै मिनिल्याप सेवा लिन चाहनु हुने महिला दिदीबहिनी दाजुभाइहरुले खालि पेट आउन हुन समेत स्वास्थ्य चौकि गुटुले अनुरोध गरेको छ साथै बन्ध्याकरण पश्चात महिलालाइ घरसम्म पुराउने व्ववस्था पनि गरिएको गुटु स्वास्थ्य चाैकी प्रमुख एवंम जनस्वास्थ्य निरिक्षक  गगन सिंह पाण्डेयले जानकारी दिनु भएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *