- अशोज २८, २०८१
- No Comment
- 106
सुर्खेतको पञ्चपुरी नगरपालिका वडा न ५ मा स्केट पार्क संचालनमा

सुर्खेत, दिलिप कडेल। पञ्चपुरी नगरपालिका – ५ बाबियाचौरमा रहेको बाबियाचौर स्केट पार्क संचालनमा आएको छ । पञ्चपुरीका युवा पुरन रिमाल , चन्द्रबहादुर भाट र पुर्ण बहादुर रावलको संयुक्त लगानीमा पञ्चपुरीमा नयाँ स्केट पार्क संचालनमा आएको हो ।पञ्चपुरी नगरपालिका मेयर लालबिर भण्डारीले स्केट पार्कको उद्घाटन गर्नु भएको हो ।
युवाहरुले पञ्चपुरीमा एउटा नयाँ खेल भित्र्याएर पञ्चपुरीको खेल क्षेत्रको बिकासमा टेवा पुर्याएको मेयर भण्डारीले पार्कको उद्घाटन कार्यक्रममा बताउनु भएको थियो ।स्केट पार्कले खेल क्षेत्रमा नयाँ आयाम थप्ने स्केट पार्क एक साहसी खेल भएकोले यसबाट बालबालिकाको शारिरीक ब्यायाममा सघाउ पुग्ने र इच्छुक युवा युवतीले नियमित रूपमा ब्यायाम तथा मनोरञ्जनका लागि स्केट खेल्न पाउने बताउनु भएको छ ।
बाबियाचौर स्केट पार्क’का संचालक चन्द्रबहादुर भाट को अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमलाई पञ्चपुरी – ५ का वडाध्यक्ष नगेन्द्र बहादुर शाही ,लगायतले नयाँ खेलबाट बालबालिकाले मनोरञ्जन लिनुका साथै शारिरीक ब्यायमसमेत हुने बताएका थिए ।स्केट पार्कका अर्का संचालक पुरन रिमालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संचालक पुर्ण बहादुर रावलले गरेका थिए । ४० लाख बढीको लगानीमा पार्क सञ्चालनमा ल्याएको सञ्चालकहरुले जानकारी दिएका छन ।
साहसिक र युवाहरू माझ लोकप्रिय स्केट पार्क सञ्चालनमा ल्याएको र यसले पश्चिम सुर्खेतमा स्केटकाे लोकप्रियता बढाउने संचालकहरुको विश्वास रहेको छ ।
Enter
You sent
hjr