• अशोज २८, २०८१
  • No Comment
  • 188

के तपाईको पेटमा बोसो लागेको छ ? अपनाउनुहोस यी उपायहरु

पेटमा बोसो लाग्नु सामान्य समस्या हो । तर यसले तपाईँलाई शारीरिक रूपमा त असर गर्छ नै यो स्वास्थ्यको लागि पनि जोखिमपूणर् हुन सक्छ । अत्यधिक बोसोले उच्च रक्तचाप, मधुमेह र हृदय रोग जस्ता रोगहरूको जोखिम बढाउन सक्छ । पेटको बोसो घटाउन चाहनुहुन्छ भने तपाईँले सही दिनचर्या अपनाउनु पर्छ । यहाँ तीनवटा सजिलो कार्यहरूबारे बताइएको छ । जुन दैनिक रूपमा गर्नाले पेटको बोसो घटाउन र स्वस्थ जीवन जिउन सक्नुहुन्छ

नियमित व्यायाम
पेटको बोसो घटाउने सबैभन्दा प्रभावकारी तरिका व्यायाम हो । दैनिक ३० देखि ४५ मिनेट व्यायाम गर्नाले क्यालोरी त जल्छ नै मेटाबोलिजम (पाचन प्रक्रिया)लाई पनि तीव्र पार्छ । कार्डियो एक्सरसाइज (जस्तै दौडने, साइकल चलाउने र पौडी खेल्ने) र एब्स वर्कआउटहरू (जस्तै क्रन्च र प्ल्याङ्क) आदि पेटको बोसो घटाउन विशेष गरी लाभदायक हुन्छन् । हप्ताको कम्तीमा छ दिन नियमित रूपमा यी अभ्यासहरू समावेश गर्ने प्रयास गर्नुस् ।

सही खानपान
पेटको बोसो घटाउन सही आहार खानु पनि धेरै महत्त्वपूणर् छ । आफ्नो आहारमा अधिक फाइबरयुक्त र प्रोटिनयुक्त खानेकुराहरू समावेश गर्नुस्, जजसले तपाईँलाई लामो समयसम्म भोक लाग्दैन र मेटाबोलिजमलाई पनि तीव्र बनाउँछ । आफ्नो आहारमा ताजा फलफूल, तरकारी, नट र बोक्रा नफ्याँकिएको अन्न समावेश गर्नुस् । यसका साथै गुलियो र भुटेको तारेको खानेकुराबाट टाढा रहनुस् । यस्ता खानेकुराले पेटको बोसो बढाउँछ । पानी पनि प्रशस्त पिउनुस् ताकि शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न सकियोस् ।

पर्याप्त सुत्नुस्
पेटको बोसो घटाउन अक्सर मानिसहरू व्यायाम र खानपानमा ध्यान दिन्छन् तर निद्रालाई बेवास्ता गर्छन् । पर्याप्त निन्द्रा नपुग्दा शरीरमा तनाव हर्मोनको स्तर बढ्न सक्छ, जसले बोसो बढाउँछ । दैनिक ७-८ घण्टा सुत्दा शरीरलाई स्वस्थ त राख्छ नै बोसो घटाउन पनि मद्दत गर्छ ।

पेटको बोसो घटाउन दैनिक रूपमा यी तीन बानी अपनाउनु जरुरी छ । नियमित व्यायाम, आहार र पर्याप्त निद्राको संयोजनले तपाईं आफ्नो पेटको बोसो छिट्टै घटाउन सक्नुहुन्छ र स्वस्थ जीवनशैली अपनाउन सक्नुहुन्छ । नियमित अनि धीर भएर यी उपायहरू पालना गर्नुस् । तपाईँले छिट्टै राम्रो परिणाम देख्नुहुनेछ ।
पेटमा बोसो लाग्नु खानपिन र व्यामको समस्याले हुन्छ । समय मै ध्यान नदिएमा विभिन्न खाले समस्या आउन सक्छ । डाक्टरको सल्लाह लिनु राम्रो हुन्छ ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *