• अशोज १७, २०८१
  • No Comment
  • 96

गाउँमै हराउँदै छन् दशैँका मौलिक संस्कृति, हराउँदैछ रातोमाटो र कमेरोले लिपपोत गर्ने चलन

दिलिप कडेल सुर्खेत, पहिले दशैंको मुख्य काम भनेको घरआगन लिपपोत गर्ने, करेसातिर साफ सफाई गर्ने, बाटोघाटो चौडा बनाउने अनि केही साता अगाडिबाट नै यसको तयारी गर्ने अधिकांशको जिम्मेवारी हुन्थ्यो । तर अहिले धेरैको यो परम्परा फेरिएको छ । बडादशैं घर आगनमा आइसकेको छ । सोह्र श्राद्ध समाप्त भएर नवदुर्गा आरम्भ हुने वित्तिकै दसैं सुरु भए पनि दशैंको रौनक र मौलिकता भने अहिले धेरै फेरिएको छ बुढापाकाहरुको अनुभवमा दशैंको पूर्व तयारी सुरु हुने वित्तिकै गरिने पहिलो काम भनेको घर आगनको लिपपोत, सरसफाइ हो । रातोमाटो र कमेरोले लिपपोत गरेर चिटिक्क पारिएका घरमा जमरा राखेसँगै दसैँको उत्सव सुरु हुने गर्दथ्यो ।तर केही वर्षयता रातोमाटो र कमेराले घर लिपपोत गर्ने चलन हराउँदै गएपछि रातोमाटो र कमेरो निकालिने ठाउँ पुरिदै गएका छन् । गाउँमा विकास र सुविधासँगै आधुनिकताको प्रभाव बढ्दै गएपछि रातोमाटो र कमेराले घर लिपपोत गर्ने चलन हराउँदै गएको पञ्चपुरी ७ का ८० वर्षीय गंगाराम देउबा बताउँछन । यस्तै तारा कोल्ड सेन्टर पञ्चपुरी ५ का प्रोप्राईटर नर बहादुर देउवाले धेरै युवा पुस्ता रोजगारको लागि गाउँभन्दा बाहिरै बस्ने र बुढापाकाको काम गर्ने क्षमता कमजोर भएकाले पनि यस्ता परम्पराहरु हराउँदै गएको उहाँको भनाई रहेको छ ।बाबियोले बाटेको लिङ्गे पिङ लगाइन्थ्यो, अनि गाउँभरिका सबै भेला भएर पिङ खेल्दै नाचगान गरि रमाउने गरिन्थ्यो ।

अहिले यी सबै चलन हराउँदै गएकाले दशैंको मौलिकता नै नासिएको स्थानीयवासीको भनाइ रहेको छ । दशैंमा घर लिपपोत गर्नका लागि रातोमाटो र कमेरो लिन एक दुई दिनको बाटो हिँडेर पञ्चपुरी नगरपालिका को वडा न ७मा रहेको गढीगाँउ र पञ्चपुरी ६ को खमारी खोला भन्ने स्थानमा पुग्ने चलन अहिले पूरै हराएको छ ।दशैं शुरु हुनुभन्दा चार पाँच दिन अघिदेखि नै रातोमाटो र कमेरोका खानीमा स्कुलका विद्यार्थीदेखि गृहिणीको भीडले माटो र कमेरो निकाल्न पालो कुर्नुपर्थ्यो । तर अहिले माटो लिन जानेको सङ्ख्या नै घटी रहेको छ दसैँको मौलिकता नै हराउँदै गएको छ, मौलिकतालाई छोड्दै र आधुनिकतालाई पछ्याउँदै जान थालिएपछि दशैं पनि महँगो बन्दै गएको स्थानीयवासीको बुझाइ रहेको छ । पहिला-पहिला रैथाने साधन, स्रोत, सीप र प्रविधिमा दशैं मनाइन्थ्यो । अहिले आयातित साधन, स्रोत, सीप र प्रविधि अपनाइएका कारण सर्वसाधारणका लागि दशैं दशा बन्न थालेको वुद्धिजीवीले बताएका छन् । रातोमाटो र कमेरोले घर पोत्दा, नयाँ कपडा, पिङ, गाउँभरिका सबै मिलेर गोरेटो बाटो सरसफाइ गर्दा त्यो बेला दशैंको आभाष छुट्टै हुने गरेको थियो ।

अहिले त पूरै हराइसकेको छ दशैं आएपछि गाँउघरमा अनिवार्य पिङ हालिन्थ्यो । पिपलका रुखहरु भएका ठाँउमा रुखमै पिङ झुण्ड्याइन्थ्यो गाँउघरमा साउन महिनामा घाँसकाटन जाँदा नै दसैंमा पिङका लागि भन्दै बाबियो छुट्याउने, काटेर सुकाउने र ३ वटा लहर बनाएर मोटो डोरी बाट्ने गरेको सम्झना अझैसम्म पनि रहेको स्थानीयहरुले बताउने गरेका छन् भिरबाट बाबियो काटेर ल्याउने गाँउघरका सम्मो स्थानमा बाबियाको डोरीपिङ बाट्न युवा, केटाकेटीहरुलाई भ्याई नभ्याई हुन्थ्यो । समय बित्दै जाँदा नयाँ पुस्तो पिङ भनेको एकादेशको दन्त्य कथा जस्तै बनेको छ ।नयाँ पुस्ताका अधिकांस युवाहरुलाई पिङ केहो ? पिङ कसरी बनाईन्छ ? पिङ खेल्दा वा मच्चिँदा कति मज्जा आउँछ ? कुनै मतलव हुने गर्दैन । फुर्सदमा पब्जी, टिकटक, फेसबुकमै संसार सम्झेने युवाहरुको जमात हरेक दिन बढ्दै गएको छ । मुख्य चाडपर्वका यस्ता महत्व बोकेका संस्कृतिलाई जोगाउन स्थानीय पालिकाहरुले लगानी गर्नुपर्ने र स्थानीय युवा, आमा समूह , क्लवहरुलाई प्रेरित गर्नुपर्ने आबश्क देखिएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *