• अशोज १५, २०८१
  • No Comment
  • 131

बाढीले डुबानमा परेपछि हिलाम्मे बनेको पार्टी कार्यालय हेर्न पुगे ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) को च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको बाढीबाट भएको क्षतिको स्थलगत अवलोकन गरेका छन् । एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज सिंहदरबारमा सो दलको संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर अवलोकन गरेका हुन् ।

अविरल वर्षा र बाढीका कारण सो दलको भुँइ तलामा पूणर्तः डुबान भएको छ भने परिसर हिलाम्मे भएको छ । बाढीका कारण उक्त तलामा रहेका उपकरण र महत्त्वपूणर् सामग्री ध्वस्त भएको छ । दलको कार्यालयमा अहिले सरसफाइको काम सुरु गरेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *