• भदौ २९, २०८१
  • No Comment
  • 205

झुम्सा खोलाले बगाउँदा एकजनाको मृत्यु

पाल्पाको माथागढी गाउँपालिका-४ स्थित झुम्सा खोलाले बगाएर आज एक जनाको मृत्यु भएको छ ।

खोलाले बगाएर मृत्यु हुनेमा तिनाउ गाउँपालिका-४, बिजनचौर स्थायी ठेगाना भएका ५३ वर्षीय शेरबहादुर चौहानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

खोला तर्ने क्रममा चौहानलाई बगाएको हो । उनको शव १५० मिटर तल खोलाको बीच भागमा भेटिएको थियो । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *