• अशोज १४, २०८१
  • No Comment
  • 32

लेबनानमा भएको हवाई आक्रमणमा हमासका नेताको मृत्यु

प्यालेस्टिनी लडाकू समूह हमासले लेबनानको दक्षिणमा सोमबार गरेको आक्रमणमा नेताको मृत्यु भएको जनाएको छ । “हमासका नेता फतह शरीफ अबु अल अमीनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “लेबनानमा रहेका हमासका विदेश मामिला हेर्ने नेताको दक्षिण लेबनानको अल बास क्याम्पमा रहेको आफ्नो घरमा भएको हवाई आक्रमणमा मृत्यु भएको छ ।

आक्रमणमा उनकी श्रीमती, छोरा र छोरीसहितको मृत्यु भएको हमासले जानकारी दिएको छ । लेबनानी राष्ट्रिय समाचार संस्थाले टायर शहरनजिकै अल बासमा हवाई आक्रमण भएको र पहिलो पटक शिविरलाई निशाना बनाइएको जनाएको छ । करिब एक वर्षअघि गाजा युद्ध सुरु भएयता इजरायलले लेबनानमा रहेका हमासका अधिकारीलाई पटक-पटक निशाना बनाउँदै आएको छ । गत जनवरीमा इजरायलले गरेको आक्रमणमा हमासका उपनेता सालेह अल-अरुरी र अन्य छ जना लडाकु मारिएका थिए । गत अगस्टमा दक्षिण लेबनानको सिदोन शहरमा इजरायली आक्रमणमा हमासका कमाण्डर समर अल हजको मृत्यु भएको थियो । लामो समयदेखिको परम्पराअनुसार लेबनानी सेना शिविरबाट बाहिर रहन्छ र प्यालेस्टिनी समूहलाई त्यहाँको सुरक्षा सम्हाल्ने जिम्मेवारी दिइन्छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *