• अशोज १४, २०८१
  • No Comment
  • 163

के तपाईले दैनिक मैदाको सेवन गर्नु भएको छ ? यस्ले पार्ने असर हेर्नुहोस

अहिलेको समयमा नयाँ पुस्ताले अत्याधिक मैदाको परिकार  खाने गरेको पाइन्छ ।
खाजापसलमा खाजा खाना जानुभयो भने प्रत्येक खानेकुरा मैदाबाट नै बनेको पाउनुहुन्छ । मम,समोसा, चाउमीन,नुडल्स्,रोटि, ब्रेड, पिज्जा, नानरोटी लगायतका खानेकुरा मैदाबाट नै बनेका हुन्छन् । ग्राहक चाहाना पनि त्यही हुन्छ ।

साथै,  दिनहुँ चियासँग खाने विभिन्न खाले विस्कुट पनि मैदाले नै बनेका हुन्छ । मैदा बनाउन गहुँमा भएको बोक्रा निकालिन्छ र सेतो भागलाई अत्यन्त मसिनो गरी पिसिन्छ । गहुँमा भएको प्राकृतिक गुणलाई फालेर मैदा तयार गरिन्छ त्यसलाई उज्यालो, सेतो र चम्किलो बनाउन ब्लिचिङ गरिन्छ र केही रसायन पनि मिसाइन्छ । यसकारण पनि स्वादमा मिठो हुने मैदाका परिकार अस्वस्थकर मानिन्छ ।

मैदा पेटमा पुगेपछि त्यसले अम्लीय तत्वको निर्माण गर्छ । अम्ल हाम्रो शरीरमा जति बढी भयो त्यति हानिकारक हुन्छ । मैदा खाँदा स्वादमा जति राम्रो हुन्छ त्यति नै स्वास्थ्यका लागि हानिकारक हुन्छ । मैदाबाट बनेको परीकारहरु खानु भनेको तपाईंको भोक मेटिनु बाहेक कुनै पनिे पोषक तत्व प्राप्त गर्नुहुन्न । बरु नोक्सान नै धेरै भइरहेको हुन्छ ।

मैदालाई रिफाइन्ड फ्लो पनि भनिन्छ । जसमा फाइबरको मात्रा शुन्य हुन्छ । यसले आन्द्रामा गम्भीर नोक्सान गर्दछ । यदी तपाईं पनि मैदाले बनेका परिकार खाने गर्नुहुन्छ भने आजैदेखि बन्द गर्नुहोस् । यो तपाईंको सम्पूणर् स्वास्थ्यकै लागि हानिकारक छ ।
यदी तपाईं मैदाले बनेका रोटी तथा अन्य परिकार खानुहुन्छ भने पाचनसम्बन्धी समस्या झेल्नुपर्ने हुन सक्छ ।

खासगरी मैदामा फाइबर हुँदैन । जसले गर्दा यो सजिलोसँग पचाउन सकिँदैन साथै मैदा आन्द्रामा टाँसिन्छ र पाचनक्रियालाई नै रोक्ने काम गर्दछ । त्यसैले मैदा खाँदा ग्यास, कब्जियत, अपच लगायतका समस्या आउन सक्छन् । मैदाले पाचनक्रियालाई रोकी शरीरको सिस्टमलाई नै साँघुरो बनाइदिन्छ जसले गर्दा शरीरको मेटाबोलिज्म पनि कमजोर हुँदै जान्छ ।

यदी तपाई अधिक रुपमा मैदा सेवन गर्नुहुन्छ भने यसले तपाईंको मेटाबोलिज्म प्रभावित हुन्छ जसले गर्दा तपाईंले खाएको भोजन समयमा पच्दैन र तौल बढ्दै जान्छ । नियमित रुपमा मैदा सेवन गर्ने व्यक्ति मोटोपनको सिकार हुने गर्दछन् । मैदाबाट बनेका खानेकुरा दिनहुँ खाने गरेमा मधुमेह जस्तो रोग पनि लाग्न सक्छ ।

मैदाको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता कम गर्छ । खानामा मैदाको धेरै प्रयोग गर्नाले एड्रेनल ग्रन्थीहरुमा दबाव पर्छ जसले गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यतिमात्र होइन मैदामा कुनै पनि प्रकारको भिटामिन वा मिनरल्स प्राप्त हुँदैन जसले गर्दा शरीरलाई कुनै पनि पोषण प्राप्त हुँदैन ।

मैदाको रोटी खाँदा हृदय रोग हुने जोखिम पनि धेरै हुन्छ । यदी तपाईं अधिक मात्रामा मैदा सेवन गर्नुहुन्छ भने यसले शरीरमा कोलेस्ट्रोलको मात्रा बढाउँछ । जसले गर्दा मुटु सम्बन्धी समस्या आउँछ । आफ्नो मुटुलाई स्वस्थ बनाइरहन चाहनुहुन्छ भने मैदा खान बन्द गर्नुहोस् ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *