• अशोज १२, २०८१
  • No Comment
  • 274

काठमाडौमा बाढिपहीरोमा परी २१ को मृत्यु, ६ जना बेपत्ता

काठमाडौंमा अविरल वर्षाका कारण आएको बाढीले २१ जनाको मृत्यु भएको छ । उपत्यकाका फरक फरक ३ जिल्लामा बाढिपहीरोमा परी २१ जनाको मृत्यु भएको हो र ६ जना बेपत्ता भएका हुन् । साथै २ सय २६ वटा घर डुबानमा परेका छन् ।

रानीपोखरीस्थित उपत्यका प्रहरीका अनुसार काठमाडौं र ललितपुरमा ९/९ जना र भक्तपुर जिल्लामा ३ जनाको मृत्यु भएको छ । यस्तै काठमाडौंमा ८ जना, ललितपुरमा ३ जना र भक्तपुरमा १ जना घाइते भएका छन् ।

Z’  यसैगरी बाढीले उपत्यकामा २ सय २६ वटा घर डुबानमा परेको प्रहरीले जनाएको छ । बाढीका बीच एसएसपीको नेतृत्वमा ३ हजार ६० जना प्रहरी टोली उद्धारमा खटिएको पनि बताइएको छ । यद्यपि प्रहरीसहित सशस्त्र प्रहरी र सेना पनि उद्धारमा खटिएको छ । सशस्त्र प्रहरीबाट भने १ हजार ५ सय १२ जना उद्धारमा खटिएका छन्

शनिबार बिहान मात्रै ललितपुरको नखिपोटमा उद्धारमा ढिलाइ हुँदा ४ जना बेपत्ता भए । यसैगरी भक्तपुरका अधिकांश स्थान डुबानमा परेका छन् । काठमाडौंमा भने नदी किनारका बस्ती विस्थापित भएका छन् ।

काठमाडौं उपत्यकाबाहिर पनि देशभर विभिन्न जिल्लाहरुमा बाढीपहिरोले ठूलो जनधनको क्षति भएको छ । पाँचथर, झापा, मकवानपुर, चितवन लगायत जिल्लामा बाढीपहिरोले कैयौंको मृत्यु भएको छ भने दर्जनौं मानिस बेपत्ता भएका छन् । शुक्रबारदेखि परेको अविरल वर्षाले देशका अधिकांश स्थानमा नोक्सान पुगेको छ ।

कोशी ब्यारेजमा पानीको बहाब बढेर खतरा उत्पन्न हुँदा छिमेकी देश भारतको बिहारका ८ जिल्लामा पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *