• अशोज १२, २०८१
  • No Comment
  • 355

काठमाडौमा बाढिपहीरोमा परी २१ को मृत्यु, ६ जना बेपत्ता

काठमाडौंमा अविरल वर्षाका कारण आएको बाढीले २१ जनाको मृत्यु भएको छ । उपत्यकाका फरक फरक ३ जिल्लामा बाढिपहीरोमा परी २१ जनाको मृत्यु भएको हो र ६ जना बेपत्ता भएका हुन् । साथै २ सय २६ वटा घर डुबानमा परेका छन् ।

रानीपोखरीस्थित उपत्यका प्रहरीका अनुसार काठमाडौं र ललितपुरमा ९/९ जना र भक्तपुर जिल्लामा ३ जनाको मृत्यु भएको छ । यस्तै काठमाडौंमा ८ जना, ललितपुरमा ३ जना र भक्तपुरमा १ जना घाइते भएका छन् ।

Z’  यसैगरी बाढीले उपत्यकामा २ सय २६ वटा घर डुबानमा परेको प्रहरीले जनाएको छ । बाढीका बीच एसएसपीको नेतृत्वमा ३ हजार ६० जना प्रहरी टोली उद्धारमा खटिएको पनि बताइएको छ । यद्यपि प्रहरीसहित सशस्त्र प्रहरी र सेना पनि उद्धारमा खटिएको छ । सशस्त्र प्रहरीबाट भने १ हजार ५ सय १२ जना उद्धारमा खटिएका छन्

शनिबार बिहान मात्रै ललितपुरको नखिपोटमा उद्धारमा ढिलाइ हुँदा ४ जना बेपत्ता भए । यसैगरी भक्तपुरका अधिकांश स्थान डुबानमा परेका छन् । काठमाडौंमा भने नदी किनारका बस्ती विस्थापित भएका छन् ।

काठमाडौं उपत्यकाबाहिर पनि देशभर विभिन्न जिल्लाहरुमा बाढीपहिरोले ठूलो जनधनको क्षति भएको छ । पाँचथर, झापा, मकवानपुर, चितवन लगायत जिल्लामा बाढीपहिरोले कैयौंको मृत्यु भएको छ भने दर्जनौं मानिस बेपत्ता भएका छन् । शुक्रबारदेखि परेको अविरल वर्षाले देशका अधिकांश स्थानमा नोक्सान पुगेको छ ।

कोशी ब्यारेजमा पानीको बहाब बढेर खतरा उत्पन्न हुँदा छिमेकी देश भारतको बिहारका ८ जिल्लामा पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *