- भदौ ३१, २०८१
- No Comment
- 25
सुर्खेतको चौकुनेमा नेपाल टेलिकमको टावर निर्माण हुदै
सुर्खेत जिल्लाको पश्चिम चौकुने गाउँपालिका वडा नम्बर ७ अमलटाकुरामा नेपाल टेलिकमको टावर निर्माण हुने भएको छ । चौकुने गाउँपालिकाका सबै वडा र बस्तीमा सञ्चारसेवा सहज बनाउने उद्देश्यले चौकुने गाउँपालिका र नेपाल टेलिकमको सहमतिमा टावर निर्माण हुन लागेको चौकुने गाउँ पालिकाका अध्यक्ष खडक बिवस बासपानेले जानकारी दीएका छन् । उनले आफु पालिका अध्यक्ष भईसकेपछि खानेपानी, बिजुली र टेलिफोन सेवामा विशेष जोड दिँदै आएको बताएका छन् ।
सञ्चारको भरपर्दो सुविधा नरहेको चौकुनेमा मौसममा खराबी आउँदा र साँझ पर्दासमेत टेलिफोन सेवा बन्द हुने अवस्था रहेको छ । सोहि समस्यालाई मध्यनजर गर्दै टावर निर्माण कार्य सुरु गरेको र अब केहि समयमै सञ्चालनमा आउने अध्यक्ष बासपानेले बताएका छन् । टावर निर्माणका लागि टेलिकमको प्राविधिक टोली पनि फिल्डमा खटिसकेको वडा अध्यक्ष धनिराम धमालाले जानकारी दिएका छन् ।