• साउन ३२, २०८१
  • No Comment
  • 36

रुकुमपश्चिममा बाढिले राप्ती राजमार्ग अवरुद्ध

रुकुमपश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ११ र १२ मा पर्ने पितिबाङ खोलामा आएको बाढीको कारण राप्ती राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाको कारण खोलामा आएको बाढीले सडक अवरुद्ध भएको हो । वर्षाका कारण पितिवाङ खोलाको बहाव समेत बढेकोले राप्ती राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । अहिले यस स्थानमा रुकुम पूर्व, रुकुम पश्चिम हुँदै सल्यान, दाङ, नेपालगन्ज र काठमाडौं जाने र बाहिरबाट आउने दर्जनौँ सवारी साधनहरू रोकिएका छन् । पानीको सतह घट्ने बित्तिकै राजमार्ग सुचारु हुने बताइको छ ।

यो खोलामा निर्माणाधीन मोटरेबल पुल अलपत्र अवस्थामा रहेको छ । पुल नहुँदा बर्सेनि वर्षयाममा यसैगरी अवरुद्ध हुने गरेको छ । ठेकेदारको लापरबाहीको कारण यस स्थानमा सयौँ सर्वसाधारण तथा यात्रुहरूले सास्ती पाउने गरेका छन् ।

सम्बन्धित खबर

रुकुममा भूकम्पले चिरा परेको घर भत्किँदा २२ बाख्रा मरे

रुकुममा भूकम्पले चिरा परेको घर भत्किँदा २२ बाख्रा मरे

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-१० बयाल्यामा भुकम्पले चिरा परेको घर बरुण धितालको घर भत्किँदा २२ बाख्रा मरेका छन् । गएराति धितालको घर…

Leave a Reply

Your email address will not be published. Required fields are marked *