- साउन ३१, २०८१
- No Comment
- 36
यी प्रदेशमा मौसममा बदली र वर्षाको सम्भावना
हाल सबै प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ ।
मनसुनी वायुको प्रभावका कारण अहिले देशभर साधारणतया बदली रही सबै प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
सबै प्रदेशहरुमा साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशभर साधारणतया बदली रहने छ । कोशी र बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै। आज राती देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भारी वर्षाको सम्भावना भएका प्रदेशहरुमा विषेश शर्तकता अपनाउन पनि महाशाखाले जनाएको छ ।