- साउन २८, २०८१
- No Comment
- 32
बिरामीलाई औषधी बाहिर किन्न पठाए कारवाही गरिनेः मेहलकुना अस्पताल
सुर्खेत जिल्ला अस्पताल मेहलकुनाले बिरामीलाई औषधी बाहिर किन्न पठाए कारवाही गर्ने भएको छ । अस्पताल शाखा भित्र पाईने औषधी तथा सर्जिकल्स जन्य सामग्री अस्पतालकै कर्मचारीहरुले फार्मेशी शाखामा उपलब्ध छैन । बाहिर किनेर ल्याउने भनी प्राईभेट क्लिनिकमा पठाउने गरेको गुनासो आएको भन्दै अस्पलका बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. सोजन सापकोटले एक निर्देशन पत्र जारी गर्दै सो कुरा जानकारी गराएका छन् । उनले अस्पतालका सबै कर्मचारीहरुलाई सम्बोधन गर्दै यस प्रकारको बिरामीहरुलाई असुविधा हुने काम गरेको पाईएमा नियमानुसार कारवाही गरिने समेत उल्लेख गरेका छन् ।
लाईका खबर संगको कुरा कानीमा डा.सोजन सापकोटाले अस्पताल भित्र देखिएका बेतिथी र अप्ठेरो परिस्थितीलाई बिस्तारै हटाउने काममा आफुले ध्यान केन्द्रित गरेको बताएका छन् । उनले भने हामी सरकारी अस्पतालाई आफुसंग उपलब्ध भएको सिमित श्रोत र साधनको उच्चतम प्रयोग गर्दै सेवाग्राहीलाई पुणर् रुपमा सन्तुष्ट हुने गरी सेवा दिने प्रयास गरिरहेका छौ । अस्पतालमा बिभिन्न किसिमका समस्या देखा परेका छन तर पनी ति समस्यालाई समाधान गर्दै मेहलकुना अस्पतालाई जनताको बिस्वासको केन्द्र बनाउने छौ ।