• साउन २६, २०८१
  • No Comment
  • 192

निद्रामा घुर्नुका कारण र आइपर्ने समस्याहरु हेर्नुहोस

 

कुनै कुनै मानिसहरु निदाउँदा घुर्छन । घुर्ने तरिकाहरु पनि सामान्य र असामान्य हुन्छ । घुराई समस्या कस्तो खालको हो भन्ने थाहा पाउनु पर्छ ।

यसका लागि पोलिसोम्नोग्राफी (सुतेका बेलामा गरिने परीक्षण) गर्नुपर्छ । पोलिसोम्नोग्राफी गरेपछि घुराइ सामान्य हो या असामान्य भन्ने थाहा हुन्छ ।

१. मोटोपन

मोटोपनका कारण धेरै मान्छेहरूमा घुर्ने समस्या आउँछ । मोटा मान्छेहरू धेरै घुर्छन ।

२. नाक, कान, घाँटीको समस्या

नाक, कान, घाँटीमा कुनै समस्या छ भने समेत घुर्ने समस्या हुन्छ । घाँटी सानो हुनेहरू निद्रामा घुर्न सक्छन् । दाँतको बनावट मिलेन भने पनि घुर्ने समस्या हुन सक्छ ।

३. सुताइ नमिल्नु

घुर्नुको अर्को कारण सुताइमा समस्या आउनु हो । जस्तोः सुत्ने अवस्था, सिरानी लगायत नमिल्दा पनि व्यक्तिहरू घुर्छन् । अरू बेलामा नघुर्ने व्यक्ति रक्सी खाएका बेलामा घुर्न सक्छ । श्वास-प्रश्वासमा र छातीको समस्या भएका व्यक्ति पनि घुर्न सक्छन ।

४. दाँतको बनावट नमिल्नु

दाँतको समस्या छ भने यसको समस्या समाधान गरेपछि अरू थप उपचार गर्न पर्दैन। त्यस्तै नाकको समस्या भए यसकै उपचार गर्ने हो। यसरी उपचार गर्दा समेत ठीक भएन भने सिप्याप या वाइप्याप उपकरण लगाएर सुत्नुपर्छ।

घुराइको कुनै त्यस्तो औषधि हुँदैन । घुराइको कारण पत्ता लगाएर त्यसको आधारमा उपचार गर्ने हो । राती सुत्दा बिरामीको अक्सिजन कतिसम्म हुन्छ भनेर पत्ता लगाउनुपर्छ । त्यसको आधारमा बिरामीले अक्सिजन लगाउनुपर्ने/नपर्ने थाहा पाउन सकिन्छ ।

राती सुत्दा अक्सिजन कमी हुन्छ । त्यसमाथि घुर्ने समस्या छ भने अझै कम हुन्छ । घुर्ने समस्या पत्ता लगाउन अहिले नयाँ/नयाँ प्रविधि समेत आइसकेका छन ।

विकसित देशमा पाइलट, प्रहरी, सेना लगायतको पोलिसोम्नोग्राफी परीक्षण गरिन्छ । राती ड्युटी गर्ने र सुरक्षा गार्डहरूको पनि पोलिसोम्नोग्राफी परीक्षण गर्नुपर्छ । तर नेपालमा यो प्रक्रिया हुँदैन । घुर्ने समस्याको औषधि अहिलेसम्म बनेको छैन ।

नर्भिक अस्पतालमा कार्यरत छातीरोग विशेषज्ञ डा. सुरजकुमार गुप्ताकका अनुसार निद्रामा कसैको सास नै केही समय रोकिन्छ जसले गर्दा मृत्युसम्म हुने खतरा रहन्छ । घुर्ने समस्या भएकालाई प्रेसर, सुगर, थाइरोइड, कोलेस्ट्रोलको समस्या हुन्छ । यदि छैन भोलिका दिनमा हुने सम्भावना धेरै हुन्छ ।
उनका अनुसार यसको उपचार नगरे मुटु र मष्तिस्कको समस्या हुन्छ । मोटा मात्र होइन, दुब्ला व्यक्ति पनि घुर्छन ।

कोही व्यक्ति सुत्दा छेउकाले मात्र थाहा पाउँछ भने त्यसलाई सामान्य मान्न सकिन्छ । सिरानी, सुताइको अवस्था मिलाउँदा घुर्न छोड्छ भने त्यो समान्य घुराइ हो। तर बाघ घुरेजस्तो घुर्छ भनिन्छ भने त्यो सामान्य होइन।

घुर्ने समस्या यसै छोड्न हुँदैन। यसले मुटु र मष्तिस्कमा असर गर्ने भएकाले सचेत हुनुपर्छ । सुगर, प्रेसर, थाइरोइड भएका मान्छे निद्रामा घुर्छन् भने उनीहरू उच्च जोखिममा पर्छन ।

५. श्वास-प्रश्वास र छातीको समस्या

घुर्ने समस्या भएका व्यक्तिहरू दिउँसो सोफामा बस्दा समेत निदाउने, राति सास फेर्न गाह्रो भएजस्तो हुने, पिसाब फेर्न उठिरहनुपर्ने समस्या भएको बताउँछन । सबै घुर्नेहरूलाई आफू घुर्छु भन्ने थाहा हुँदैन । त्यसैले परीक्षण गरेपछि मात्र थाहा हुन्छ ।

यसको उपचार नभएता पनि कुन कारणले यो समस्या भएको भन्ने थाहा पाएर घुर्ने समस्या समाधान गर्नु पर्छ । लामो समय घुर्ने समस्या भएमा उल्लेखित समस्या हुन सक्छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *