• साउन २२, २०८१
  • No Comment
  • 208

पछिल्लो अपडेट : जाजरकोटमा बोलेरो जिप दुर्घटना हुदाँ १४ जना घाइते, चालकको मृत्यु

जाजरकोटमा डबल क्याप बोलेरो जिप दुर्घटना हुदाँ १४ जना घाइते भएका छन भने चालकको घटनास्थल मै मृत्यु भएको छ । मंगलबार जाजरकोटको खलङ्गादेखि भेरी नगरपालिका-६ नेटाबजार जाँदै गरेको ग १ज ७७११ नम्बरको डबल क्याप बोलेरो जिप वडा नम्बर ६ गंजमा करिब दिउँसोको २ :१५ मा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार डबल क्याप बोलेरो जिप सडक देखी करिब ३००/४०० मिटर तल खस्न गई दुर्घटना भएको थियाे ।

मृत्यु हुने चालक जिल्ला जाजरकोट भेरी नगरपालिका ६ गंगटिया बस्ने करिब ३५ वर्षिय मान बहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले लाईका खबरलाई जानकारी दिए ।

उपरीक्षक पाण्डेका अनुसार र्दुघटनामा परेर घाइते हुनेमा जाजरकोट, भेरी नगरपालिका . ६ कि २८ वर्ष सपना बि.क., बर्ष ३५ कि भुमिका शाही, सोही वडामा बस्ने १९ वर्षिय दुर्गा पुन, १९ वर्षिय बिन्दु शाही, ५५ वर्षिय मोति लुहार, बर्ष १७ कि सिता पुन, बर्ष २१कि धनसरा खड्का, बर्ष ८० को कलिमान खत्री, बर्ष २८ कि भुमिकला राना घर्तिका ४ महिने छोरा प्रजवल राना, ३६ कि कल्पना खत्रीको , बर्ष ३३ कि अस्मिता खत्रीका, बर्ष ३१ कि पार्बति उपाध्याय र सोही वडाका ४० वर्षिय हिरा सार्की रहेका छन ।

घाइते मध्ये ३ जना गम्भिर घाइते भएका र अन्यलाई सामान्य चोट लागेको बताएका छन । साथै उनीहरुको जाजरकोट जिल्ला अस्पतालमा उपचार भइरहेको बताए ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *