• साउन २२, २०८१
  • No Comment
  • 160

पछिल्लो अपडेट : जाजरकोटमा बोलेरो जिप दुर्घटना हुदाँ १४ जना घाइते, चालकको मृत्यु

जाजरकोटमा डबल क्याप बोलेरो जिप दुर्घटना हुदाँ १४ जना घाइते भएका छन भने चालकको घटनास्थल मै मृत्यु भएको छ । मंगलबार जाजरकोटको खलङ्गादेखि भेरी नगरपालिका-६ नेटाबजार जाँदै गरेको ग १ज ७७११ नम्बरको डबल क्याप बोलेरो जिप वडा नम्बर ६ गंजमा करिब दिउँसोको २ :१५ मा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार डबल क्याप बोलेरो जिप सडक देखी करिब ३००/४०० मिटर तल खस्न गई दुर्घटना भएको थियाे ।

मृत्यु हुने चालक जिल्ला जाजरकोट भेरी नगरपालिका ६ गंगटिया बस्ने करिब ३५ वर्षिय मान बहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले लाईका खबरलाई जानकारी दिए ।

उपरीक्षक पाण्डेका अनुसार र्दुघटनामा परेर घाइते हुनेमा जाजरकोट, भेरी नगरपालिका . ६ कि २८ वर्ष सपना बि.क., बर्ष ३५ कि भुमिका शाही, सोही वडामा बस्ने १९ वर्षिय दुर्गा पुन, १९ वर्षिय बिन्दु शाही, ५५ वर्षिय मोति लुहार, बर्ष १७ कि सिता पुन, बर्ष २१कि धनसरा खड्का, बर्ष ८० को कलिमान खत्री, बर्ष २८ कि भुमिकला राना घर्तिका ४ महिने छोरा प्रजवल राना, ३६ कि कल्पना खत्रीको , बर्ष ३३ कि अस्मिता खत्रीका, बर्ष ३१ कि पार्बति उपाध्याय र सोही वडाका ४० वर्षिय हिरा सार्की रहेका छन ।

घाइते मध्ये ३ जना गम्भिर घाइते भएका र अन्यलाई सामान्य चोट लागेको बताएका छन । साथै उनीहरुको जाजरकोट जिल्ला अस्पतालमा उपचार भइरहेको बताए ।

सम्बन्धित खबर

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं — राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ। सङ्घले मेयर साहले…
सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगरमा ब्राउनसुगरसहित दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान करिब १० बजे वीरेन्द्रनगर नगरपालिका–३ मा लागुऔषध कारोवार…
कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

जुम्ला । कर्णालीको गौरव पर्वत, संस्कृति र खेलको संगमका रूपमा परिचित तातोपानी ज्यूल्ले पाटनमा “कर्णाली याक्स जर्सी रिलिज” कार्यक्रम सम्पन्न भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *