• साउन २१, २०८१
  • No Comment
  • 161

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने भएका छन् । संविधानको धारा १८८ को उपधारा (२) बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकाले विश्वासको मत लिने प्रयोजनका लागि यो सम्बन्धी विषयको प्रस्ताव आज राख्ने व्यवस्था मिलाउन आज प्रदेशसभा सचिवालयलाई परिपत्र गरिएको मुख्यमन्त्री कँडेलले जानकारी दिएका छन् । उनले उक्त व्यवस्थाका लागि कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम १५० को उपनियम १ बमोजिम सूचना गरेको जानकारी दिए ।

यही साउन ७ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कँडेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो । आइतबार कांग्रेसका चार मन्त्री कर्णाली सरकारमा सहभागी भएसँगै उनको नेतृत्वको सरकारले पूणर्ता पाएको छ । कुल ४० सदस्य सङ्ख्या रहेको कर्णाली प्रदेशसभामा हाल नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र)का १३, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का १०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको एक-एक प्रदेशसभा सदस्य छन् ।

सम्बन्धित खबर

कर्मचारीलाई आन्दोलन फिर्ता लिन कर्णाली सरकारको आग्रह, वार्ता टोली गठन

कर्मचारीलाई आन्दोलन फिर्ता लिन कर्णाली सरकारको आग्रह, वार्ता टोली…

 सुर्खेत। स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ संशोधनको माग राख्दै आन्दोलनमा उत्रिएका कर्मचारीलाई कर्णाली प्रदेश सरकारले आन्दोलन फिर्ता लिन आग्रह…
वीरेन्द्रनगरमा जनसांस्कृतिक महासङ्घ कर्णाली प्रदेशको प्रथम अधिवेशन सम्पन्न

वीरेन्द्रनगरमा जनसांस्कृतिक महासङ्घ कर्णाली प्रदेशको प्रथम अधिवेशन सम्पन्न

वीरेन्द्रनगरमा जनसांस्कृतिक महासङ्घ कर्णाली प्रदेशको प्रथम अधिवेशन आज आइतबार सम्पन्न भएको छ । जनसांस्कृतिक महासङ्घ कर्णाली प्रदेशको आजको अधिवेशनले बालकृष्ण सुनारको…
‘सुरक्षा जाँचका क्रममा नागरिकलाई सास्ती नहोस’ : मुख्यमन्त्री कँडेल

‘सुरक्षा जाँचका क्रममा नागरिकलाई सास्ती नहोस’ : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुरक्षा जाँचका क्रममा आम नागरिकले दुःख नपाउन् भन्नेतर्फ सुरक्षा निकाय सधैँ सचेत रहनुपर्नेमा जोड दिँदै जनसेवालाई…

Leave a Reply

Your email address will not be published. Required fields are marked *