• बैशाख ३१, २०८३
  • No Comment
  • 91

सुर्खेतकाे फूलबारी टोलमा जुवा खेलिरहेको अवस्थामा घरबेटीसहित ८ जना पक्राउ

सुर्खेत, ३० वैशाख : सुर्खेतको  वीरेन्द्रनगरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले घरबेटीसहित ८ जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–७ फूलबारी टोलस्थित जनक रोकायको घरमा हारजित हुने गरी जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले  बुधबार राति करिब ९ः१५ बजे उक्त घरमा छापा मारेको प्रहरीले जनाएको छ। छापामार क्रममा जुवाको खालबाट नगद ९५ हजार १ सय ६६ रुपैयाँ, ६ गड्डी तास तथा ९ थान मोबाइल बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा जुम्लाको सिजा गाउँपालिका स्थायी घर भई हाल वीरेन्द्रनगरमा बसोबास गर्दै आएका ४२ वर्षिय मनबहादुर बुढा , ४४ वर्षिय लक्ष्मण रोकाय , ३० वर्षिय लालबहादुर बुढा , ३४ वर्षिय लङ्कबहादुर बुढा , ४५ वर्षिय गम्भीर रावत , ३० वर्षिय विष्णु बुढा   र ३१ वर्षिय हरिबहादुर रोकाय रहेका छन्। यस्तै घरबेटी ३८ वर्षिय जनक रोकायलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ परेका सबैमाथि जुवा सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *