- साउन १७, २०८१
- No Comment
- 92
कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार बिहान दोधारा चाँदनी नगरपालिका- २ कमला शाही टोलमा बाघको आक्रमणबाट सोही ठाउँकी २३ वर्षीया महिला हिरा शाहको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घर नजिकै उखुबारीमा घाँस काट्ने क्रममा शाहलाई बाघले झम्टिएको हो । घटनास्थल नजिकै बुधबार पनि बाघ देखा परेको स्थानीयले जानकारी दिएका छन् । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ।