• साउन १६, २०८१
  • No Comment
  • 285

मजदुरीका लागि भारततर्फ जाने क्रम बढ्दो

दिलिप कडेल, सुर्खेत । घरको काम सकेर यतिबेला सुर्खेत लगायत विभिन्न ठाउँबाट नागरिकहरु भारततर्फ जान थालेका छन । गाउँमा केही रोजगारी नभएपछि उनिहरु मजदुरीका लागि भारततिर जान शुरु गरेका हुन ।

बराहाताल गाँउपालिका वडा न ७ पैयुपानीका तिलक खत्री असारमा खेतको काम सकेर भारततिर मजदुरी गर्ने जान थालेको बताएका छन । गाउँमा कुनै रोजगारीको अवसर नहुँदा हिउँद र बर्षातको समयमा मजदुरीका लागि भारत जानुपर्ने बाध्यता भएको बताएका छन । असारमा धान रोपेर जान्छौं । दशैका बेला आउछौ ,कार्तिकमा भित्र्याउने र मङ्सिरमा गहुँ छरेर बालबालिकाको पढाइ खर्च र घरपरिवारको लुगाफाटोका लागि भारत जाने गरेको बताए  ।

तिलक खत्रीसँग भारत जाँदै गरेका बयलिबाजका गंगाराम शर्माले पनि स्थानीय सरकारको मनोमानीका कारण सबै रोजगारी गुमेका कारणले बर्षमा दुई सिजन मजदुरीका लागि भारत जाने गरेको बताएका छन ।

पालिकाले प्रायः बजेट शिबिरमा खर्च गर्ने र सडक निर्माणका काममा स्काभेटर प्रयोग गर्ने भएकाले गाउमा काम गर्ने अवसर नपाएको गुनासो गर्दै रोजगारीका लागि भारत जानू पर्ने बाध्यता रहेको बताएका छन ।

सम्बन्धित खबर

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

 काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस…
जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…

Leave a Reply

Your email address will not be published. Required fields are marked *