• साउन ६, २०८१
  • No Comment
  • 218

प्रधानमन्त्री ओलीले सार्वजनिक गरे एमाले-कांग्रेसबीच भएका सात बुँदे सहमति

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति सार्वजनिक गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नयाँ सरकार गठनका लागि दुई दलबीच भएका सहमतिहरु सार्वजनिक गरेका हुन् । सत्ता पक्षकै सांसदहरुले दुई दलबीच भएका सहमतिहरु सार्वजनिकको माग गरेपछि उनले सात वटा बुँदा के-के न लुकाइयो भन्ने भावले प्रश्न गरिएको भन्दै ती सहमतिहरु देश र जनताको विकासका लागि भएको प्रष्ट्याएका छन् ।

प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकारको दुई वर्ष ओली र त्यसपछि चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने, राष्ट्रिय हितको रक्षा गर्न र भ्रष्टाचारको अन्त्य गरी सुशासन दिन न्यूनतम साझा कार्यक्रम तय गरी सरकार सञ्चालन गर्ने, राष्ट्रिय सहमतिको सरकारको लागि दुई ठूला दलको नेतृत्वदायी भूमिकाको आधारमा सरकारमा समान भूमिका रहने र अन्य दललाई पनि सहभागी गराउने, राष्ट्रिय सहमतिको सरकार गठनको भावना अनुरुप प्रदेश सरकार गठन र सञ्चालन गर्ने बिषय समेटिएको बताएका हुन् ।

सम्बन्धित खबर

१०औँ राष्ट्रिय खेलकुद मंसिरभित्र सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

१०औँ राष्ट्रिय खेलकुद मंसिरभित्र सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिरभित्र सम्पन्न हुने गरी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय…
बुद्धको शान्ति सन्देशका कारण भारत–पाकिस्तानबीचको तनाव गम्भीर द्वन्द्वमा पुग्न पाएन : प्रधानमन्त्री ओली

बुद्धको शान्ति सन्देशका कारण भारत–पाकिस्तानबीचको तनाव गम्भीर द्वन्द्वमा पुग्न…

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीचको तनाव लडाइँमा परिणत हुन नसकेको बताएका छन् । लुम्बिनीमा आयोजित…

Leave a Reply

Your email address will not be published. Required fields are marked *