- साउन ४, २०८१
- No Comment
- 48
नवलपरासीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु
नवलपरासी पश्चिममा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब ३ बजे नवलपरासी बर्दघाट नगरपालिका-१४ मा बस्ने २० वर्षीया सोनिया खनाल पिसाब फेर्न गएको बेला बायाँ खुट्टामा सर्पले टोकेको थियो ।
सर्पले टोकेपछि उनलाई उपचारका लागि स्थानीय सरोज मेडिकलमा लगी सामान्य उपाचार गरीएको थियो । उनको अवस्था गम्भिर भएको कारण उनलाई जिल्ला अस्पताल परासीमा रिफर गरीयो । बिहान ३ बजे सर्पको टोकाईबाट घाईते भएकी उनलाई करिब ८ः३० बजे अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।