• असार २५, २०८१
  • No Comment
  • 300

देउवा–ओली गठबन्धनविरुद्ध माओवादी एक हुने विप्लप नेताहरुको उद्घोष

विप्लव नेतृत्व नेकपा नेताहरूले ठुलो बलिदान र त्यागबाट आएको परिवर्तनलाई उल्ट्याउने षड्यन्त्रसहित भएको काग्रेस–एमालेको गठबन्धन विरुद्ध सबै माओवादीले एक भएर मुकाबिला गर्ने उद्घोष गरेका छन्।

संविधान संशोधन गरेर समानुपातिक र समावेशी लगायतका उपलब्धिको रक्षाका लागि जस्तोसुकै सङ्घर्षमा पनि जाने नेताहरूले चेतावनीसमेत दिएका छन् ।

मंगलबार राजधानी आयोजित सहिद निरकुमार राईको छैटौँ स्मृति दिवस कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य माइला लामाले निरकुमार राई जस्तै: हजारौँको बलिदानबाट आएको परिवर्तनलाई संस्थागत गर्नुको सट्टा त्यसलाई उल्ट्याउने चलखेल सुरु भएको आरोप लगाएका छन् ।

नेकपा (माओवादी केन्द्र) तिर इङ्गित गर्दै माओवादीको एक हिस्सा संसदीय राजनीतिमा रमाएको तर आफूहरू क्रान्तिलाई निरन्तरताका लागि अगाडी बढेको बताउँदै भने,जनताले चाहेको र सहिदले देखेको सपनालाई बिच बाटोमै अलपत्र छाड्न सकिएन र एकीकृत जनक्रान्तिको रोडम्याप बनाएर लड्यौँ, अब यसलाई थप मजबुत बनाएर लड्ने हो।

लामाले दलाल पुँजीवादी व्यवस्थाको कारण हजारौँ युवाहरू पलायन हुन बाध्य भएको र देशलाई थप कमजोर बनाउन देउवा–ओलीको गठबन्धन भएको बताउँदै भने,अहिले क्रान्तिकारी कमजोर भएको अवस्थामा प्रतिगामी शक्तिहरूले २०४७ तिर फर्काउने कुचेष्टा गरिरहेका छन् सबै माओवादी एक बनेर लडौँ ।

वरिष्ठ अधिवक्ता एकराज भण्डारीले अस्थिरताको गोल चक्करमा फसाएर देशलाई असफल र कङ्गाल बनाउने मुख्य दोषी संसदीय व्यवस्था भएको र त्यसको विकल्प खोज्नु पर्ने धारणा राखे । क्रान्तिबाट आएको माओवादी शक्ति पनि संसदीय भासमा फेसको कारण उपलब्धिको रक्षा नभएको जिकिर गर्दै भने,यो व्यवस्थामा प्रचण्ड,केपी या देउवा जो आए पनि सबै दूध चोर बिराला जस्तै हुन्, त्यसैले अब यो व्यवस्थाको विकल्प खोजौँ।

भण्डारीले काँग्रेस–एमालेको संविधान संशोधनको मुद्दाले माओवादी र उत्पीडित जनतालाई झस्काएको र प्रतिगमनतिर फर्कन लागेको बताउँदै सबै परिवर्तनकारी शक्ति एक ठाउँमा आउनु पर्ने बताए । भण्डारीले सत्य निरुपँण तथा मेलमिलाप आयोग र बेपत्ता योद्धा छानबिन समितिलाई अलपत्र पारेर शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्यान चुक्नु दुर्भाग्य भएको बताए । अब निरकुमार राई तथा हजारौँ सहिद तथा वेत्ताहरूको न्याय र जनताको हितका निम्ति सबै माओवादी र परिवर्तनकारी शक्तिहरू एक ठाउँमा आउनुको विकल्प छैन । भण्डारीले बताए ।

सो पार्टीका काठमाडौँ जिल्ला सेक्रेटरी चिरञ्जीवी ढकालले सहिद निरकुमार राईले देखेको सपना र परिवर्तनको सोचलाई हरेक क्रान्तिकारीहरूले आत्मसाथ गर्नु पर्ने धारणा राख्दै भने,कमरेड निरकुमार सहिद हुन तयार हुनुभयो तर तानासाही सत्ता सामु झुक्नु भएन, जो हाम्रो आदर्श हो।

जनपत्रकार सङ्गठनका अध्यक्ष शेरबहादुर विश्वकर्माले देश संसदीय व्यवस्थाको दलदलले क्रान्तिकारीहरूलाई जकड्याएको अवस्थामा सबैले त्यसबाट निस्कने प्रयास गर्नु पर्नेमा जोड दिए ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *