• असार २५, २०८१
  • No Comment
  • 258

देउवा–ओली गठबन्धनविरुद्ध माओवादी एक हुने विप्लप नेताहरुको उद्घोष

विप्लव नेतृत्व नेकपा नेताहरूले ठुलो बलिदान र त्यागबाट आएको परिवर्तनलाई उल्ट्याउने षड्यन्त्रसहित भएको काग्रेस–एमालेको गठबन्धन विरुद्ध सबै माओवादीले एक भएर मुकाबिला गर्ने उद्घोष गरेका छन्।

संविधान संशोधन गरेर समानुपातिक र समावेशी लगायतका उपलब्धिको रक्षाका लागि जस्तोसुकै सङ्घर्षमा पनि जाने नेताहरूले चेतावनीसमेत दिएका छन् ।

मंगलबार राजधानी आयोजित सहिद निरकुमार राईको छैटौँ स्मृति दिवस कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य माइला लामाले निरकुमार राई जस्तै: हजारौँको बलिदानबाट आएको परिवर्तनलाई संस्थागत गर्नुको सट्टा त्यसलाई उल्ट्याउने चलखेल सुरु भएको आरोप लगाएका छन् ।

नेकपा (माओवादी केन्द्र) तिर इङ्गित गर्दै माओवादीको एक हिस्सा संसदीय राजनीतिमा रमाएको तर आफूहरू क्रान्तिलाई निरन्तरताका लागि अगाडी बढेको बताउँदै भने,जनताले चाहेको र सहिदले देखेको सपनालाई बिच बाटोमै अलपत्र छाड्न सकिएन र एकीकृत जनक्रान्तिको रोडम्याप बनाएर लड्यौँ, अब यसलाई थप मजबुत बनाएर लड्ने हो।

लामाले दलाल पुँजीवादी व्यवस्थाको कारण हजारौँ युवाहरू पलायन हुन बाध्य भएको र देशलाई थप कमजोर बनाउन देउवा–ओलीको गठबन्धन भएको बताउँदै भने,अहिले क्रान्तिकारी कमजोर भएको अवस्थामा प्रतिगामी शक्तिहरूले २०४७ तिर फर्काउने कुचेष्टा गरिरहेका छन् सबै माओवादी एक बनेर लडौँ ।

वरिष्ठ अधिवक्ता एकराज भण्डारीले अस्थिरताको गोल चक्करमा फसाएर देशलाई असफल र कङ्गाल बनाउने मुख्य दोषी संसदीय व्यवस्था भएको र त्यसको विकल्प खोज्नु पर्ने धारणा राखे । क्रान्तिबाट आएको माओवादी शक्ति पनि संसदीय भासमा फेसको कारण उपलब्धिको रक्षा नभएको जिकिर गर्दै भने,यो व्यवस्थामा प्रचण्ड,केपी या देउवा जो आए पनि सबै दूध चोर बिराला जस्तै हुन्, त्यसैले अब यो व्यवस्थाको विकल्प खोजौँ।

भण्डारीले काँग्रेस–एमालेको संविधान संशोधनको मुद्दाले माओवादी र उत्पीडित जनतालाई झस्काएको र प्रतिगमनतिर फर्कन लागेको बताउँदै सबै परिवर्तनकारी शक्ति एक ठाउँमा आउनु पर्ने बताए । भण्डारीले सत्य निरुपँण तथा मेलमिलाप आयोग र बेपत्ता योद्धा छानबिन समितिलाई अलपत्र पारेर शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्यान चुक्नु दुर्भाग्य भएको बताए । अब निरकुमार राई तथा हजारौँ सहिद तथा वेत्ताहरूको न्याय र जनताको हितका निम्ति सबै माओवादी र परिवर्तनकारी शक्तिहरू एक ठाउँमा आउनुको विकल्प छैन । भण्डारीले बताए ।

सो पार्टीका काठमाडौँ जिल्ला सेक्रेटरी चिरञ्जीवी ढकालले सहिद निरकुमार राईले देखेको सपना र परिवर्तनको सोचलाई हरेक क्रान्तिकारीहरूले आत्मसाथ गर्नु पर्ने धारणा राख्दै भने,कमरेड निरकुमार सहिद हुन तयार हुनुभयो तर तानासाही सत्ता सामु झुक्नु भएन, जो हाम्रो आदर्श हो।

जनपत्रकार सङ्गठनका अध्यक्ष शेरबहादुर विश्वकर्माले देश संसदीय व्यवस्थाको दलदलले क्रान्तिकारीहरूलाई जकड्याएको अवस्थामा सबैले त्यसबाट निस्कने प्रयास गर्नु पर्नेमा जोड दिए ।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *