• जेष्ठ २२, २०८०
  • No Comment
  • 210

‘भैंसी चढेर आएको’ भन्ने शब्दले संसदमा हंगामा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतबाट ‘भैंसी चढेर आएको’ भन्ने शब्दले संसद बैठकमा हंगामा भएको छ।

रास्वपा सांसद शिशिर खनालले प्रधानमन्त्रीको भारत भ्रमणबारे प्रश्न सोध्ने क्रममा ‘भैंसी चढेर आएको’ भन्ने शब्द प्रयोग गरेपछि सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसदले आपत्ति जनाए।

‘हामी चाहन्थ्यौं प्लेन चढेर भर्खरै आफैंले उद्घाटन गरेको पोखरा विमानस्थलमा अवतरण गर्नुहुन्छ भनेर तर यहाँ भैंसी चढेर आएका कुराहरू आए।’ खनालले यति भन्न नपाउँदै माओवादी सांसदहरूले विरोध जनाए। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री भारतबाट भैंसी चढेर आएको भन्ने शब्द अमर्यादित भएको भन्दै हटाउन माग गरे।

त्यसपछि एमाले, रास्वपा, राप्रपाले संसद अघि बढ्न दिएनन्। सभामुखले भैंसी चढेर आएको भन्ने शब्द संसदको रेकर्डबाट हटाउन रुलिङ गरे। सपछि प्रतिपक्षी सांसदहरु नाराबाजीमा उत्रिएपछि सभामुखे एमाले सांसद रघुजी पन्तलाई समय दिए। पन्तले भने, ‘प्रधानमन्त्री स्वयंले बोलेको कुरालाई सांसदले उठाउँदा रेकर्डबाट हटाउने हो भने प्रधानमन्त्रीले भनेको कुरा पनि हटाइयोस्।’

प्रधानमन्त्रीले भारत भ्रमणबाट जानकारी गराउने क्रममा भारतले अहिले दिएको मुर्रा राँगो पहिलाकै कुरा भएको भन्दै भनेका थिए, ‘राँगोको कुरा अहिले भएको होइन। सात वर्ष अगाडि नै मुर्रा राँगो ल्याउनेबारे समझदारी भएको रहेछ। मान्छेले मलाई राँगो चढाएर हिँडाएका छन्,’।

रास्वपा सभापति रवि लामिछानेले पनि सत्ता पक्षले दादागिरी देखाएको भन्दै प्रधानमन्त्रीले बोलेको विषयलाई नै सांसदले दृष्टान्तका रुपमा रेकर्डबाट हटाउनु आपत्तिजनक भन्दै थपे, ‘हटाउने भए प्रधानमन्त्रीले बोलेको कुरा पनि हटाइयोस्।’ त्यसपछि सभामुखले जसले बोलेको भए पनि भैंसी चढेर आएको भन्ने शब्द संसदको रेकर्डबाट हट्ने भनेपछि बैठक अघि बढेको छ।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *