
डोटी, २० असोज । डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
मंगलबार बिहान ८:४५ बजे गैरा बजारबाट मेलखर्कतर्फ जाँदै गरेको सु.प.प्र.०१००२ त ४९१० नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब १२० मिटर तल खसेको हो। ट्र्याक्टर डडेल्धुराको भागेश्वर गाउँपालिका–५ बस्ने २३ वर्षीय प्रकाशबहादुर थापा मगरले चलाएका थिए।
दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी घण्टेश्वरबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाको कमाण्डमा ट्राफिकसहितको प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्यमा खटिएको थियो। घाइतेहरूलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी, कैलाली पठाइएको प्रहरीले जनाएको छ।
घाइते हुनेहरू:
१. अमर सिजाली मगर (३३ वर्ष) – जोरायल गा.पा.–१, चपरचानी
२. डम्बर थापा (४६ वर्ष) – जोरायल गा.पा.–१, चपरचानी
३. भरत थापा मगर (१८ वर्ष) – जोरायल गा.पा.–१, चपरचानी
४. विवस थापा मगर (१८ वर्ष) – जोरायल गा.पा.–१, चपरचानी
५. जितबहादुर विक (५२ वर्ष) – जोरायल गा.पा.–१, गोगनपानी
६. रुपलाल विक (३२ वर्ष) – जोरायल गा.पा.–१, धानाकोट
७. अनिषा विक (३२ वर्ष) – जोरायल गा.पा.–१, धानाकोट
८. हर्कबहादुर थापा मगर (३५ वर्ष) – जोरायल गा.पा.–१, सपुरसानी
९. करिश्मा विक (३ वर्ष) – जोरायल गा.पा.–१, भानाकोट (अनिषा विककी छोरी)
दुर्घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



