
उदयपुर । चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अन्दाजी ५८ वर्षीय गन्दु राम राई रहेका छन्। प्रहरीले जनाएअनुसार मादक पदार्थ सेवन गरी घरायसी विवादका क्रममा राईले अन्दाजी ४५ वर्षीया श्रीमती विमला राईको घाँटीमा सिकल प्रहार गरेका थिए।
गम्भीर घाइते भएकी विमलालाई उपचारका लागि नगर अस्पताल बेल्टार लगिएकोमा राति १ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। घटनापछि गन्दु राम आफैँ प्रहरी पोष्ट माडिबासमा पुगेर जानकारी गराएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेल्टारमा ल्याएको जनाएको छ।



