
कैलाली, साउन ९ — कैलालीको घोडाघोडी नगरपालिका–१ लोहारपुरस्थित डोडा नदीमा पौडी खेल्ने क्रममा डुबेर १२ वर्षीय टेकेन्द्र बोहराको मृत्यु भएको छ।
शनिबार दिउँसो करिब १ बजे साथीसँग नदीमा नुहाउन गएका बोहरा डुबेका थिए। साथीहरूले जानकारी दिएपछि आमा पुष्पा बोहरा र स्थानीयवासीको सहयोगमा उनलाई नदीबाट निकालेर घोडाघोडी अस्पताल, सुखड पुर्याइएको थियो।
उपचारकै क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



