
सुर्खेत, साउन ६ ।
सुर्खेतको लेकबेशी नगरपालिका–४ दशरथपुरस्थित श्री जीवनज्योति माध्यमिक विद्यालयको निर्माणाधीन सभाहलमा काम गर्ने क्रममा करेन्ट लागेर एक जना मजदुर घाइते भएका छन्।
घाइते हुनेमा वीरेन्द्रनगर नगरपालिका–२ फलाटेका ३० वर्षीय कृष्ण बुढा रहेका छन्।
इलाका प्रहरी कार्यालय लेकबेशीका अनुसार बुधबार साँझ करिब ७ बजे सभाहलको छानामुनि ग्राइन्डर मेसिन प्रयोग गरी प्लाइउड मिलाउने क्रममा अचानक करेन्ट लाग्दा बुढा भुइँमा खसेर घाइते भएका हुन्।
घटनापछि उनलाई तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ लगिएको प्रहरीले जनाएको छ। बुढाको दाहिने खुट्टामा चोट लागेको छ भने स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ।
घाइतेको उपचारको जिम्मा निर्माण कार्यका ठेकेदार सुरज थापाले लिएका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।



