
काठमाडौं — नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख नाघ्दै नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकिएको छ।
आज एकैदिन सुनको भाउ प्रतितोला ९ हजार २ सय रुपैयाँले बढेको हो। हिजो भने सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेर २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ भने आजको मूल्य हालसम्मकै उच्च रहेको महासंघले जनाएको छ।



