• भदौ १९, २०८१
  • No Comment
  • 228

सुर्खेत होराईजन एकेडेमीलेका बिद्यार्थीहरुले गरे राउटे संग भेटघाट

वीरेन्द्रनगर ३ तातापानीमा संचालित होराईजन एकेडेमीका बिद्यार्थीहरुले राउटे समुदायका प्रतिनिधीसंग भेटेर कुराकानी गरेका छन् । बिद्यार्थीहरुले राउटे समुदायको बारेमा चासो ब्यक्त गरेका र भेटेर कुरा गर्न चाहेपछी राउटे समुदायका प्रतिनिधीलाई बिद्यालयमै बोलाएर भेटघाट गराईदिएको बिद्यालयका प्रिन्सीपल घनश्याम खड्काले बताए । भेटघाटका क्रममा बिद्यार्थीहरुले राउटे समुदायको रितिरिवाज, सस्कृती, पारिवारिका अवस्था, पर्व र सस्कारका बारेमा जानकारी लिएका थिए ।

प्रिन्सिपल खड्काले भने एकातिर बिद्यार्थीहरुले फरक संस्कार बोकेको लोपउन्मुख समुदायको बारेमा चासो ब्यक्त गरेको र बिद्यालयले पनी बेला बेलामा बिद्यार्थीहरुलाई सामुदायिक ज्ञान दिनका लागि यस्ता प्रकारका कार्यक्रम आयोजना गर्ने गरेका कारण राउटे समुदायका प्रतिनिधी संग कुराकानी भएको थियो ।

कुरा कानीका क्रममा बिद्यार्थीहरुले तपाईहरुको बसोबास कुन क्षेत्रमा रहने गरेको छ ? तपाईको समुदायमा बिबाहको चलन कस्तो रहेको छ ? कुन कुन थर तपाईको समुदायमा छ ? तपाईहरुले मनाउने चाडपर्व के के हुन ? तपाईहरुले जंगलमा कुन जनावरको शिकार गर्नु हुन्छ ? तपाईहरु कस्ता कस्ता सामानहरु बनाउनु हुन्छ ? नेपाल सरकारले तपाईहरुलाई कस्ता कस्ता सुविधाहरु दिएको छ ? तपाईहरुको समुदायमा मुखिया कसरी छानिन्छ र मुखियाको काम के हो ? जस्ता जिज्ञासाहरु राखेका थिए । बिद्यार्थीहरुका जिज्ञासा मेटाउदै राउटे समुदायले आफनो रितीरिवाज, सस्कृतीका बारेमा जानकारी दिएका थिए ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *